पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

७ मिनेट मात्र खेले रोनाल्डो

साउन २५ –  म्यानचेस्टर युनाइटेडलाई २(१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्ने नखेल्ने चर्चाकाबिच उनी ७ मिनेटका लागि मैदान प्रवेश गरे । 

रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा चलिरहेका बेला उनी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए । रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसले गर्दा उनी स्पेन छोडेर इंग्ल्याण्ड फर्किन चाहेको खबर पनि आइरहेका थिए ।  

युनाइटेडविरुद्धको खेलको ८३ औँ मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डो इन्जुरी समयबाहेक ७ मिनेट मात्र मैदानमा रहे । मैदान बाहिर रहेका बेला पनि उनी मौका मिल्नासाथ खेलाडीसँग कुरा गरिरहेका देखिन्थे ।  

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो । क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन ।  

खेलमा ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको मड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो । युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।  

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश