पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरा जिल्लाका महिलाहरु ब्युटिपार्लर पेसातिर आकर्षित ।।

भावना पौडेल, श्रावण २४, डडेल्धुरा
डडेल्धुरा जिल्ला सदरमुकामका महिलाहरु पछिल्लो समय ब्युटिपार्लर पेसातिर आकर्षित भएका छन । चुलो चौकामा मात्र सीमित रहेका यस क्षेत्रका महिलाहरु पछिल्लो समयमा ब्युटिर्पालर पेसातिर आकर्षित भएका हुन । ब्युटिपार्लर व्यवसाय सञ्चालन गर्न धेरै योग्यता नचाहिने र आफ्नो सौन्र्दयताको पनि बिशेष ख्याल राख्न सकीने हुँदा उनीहरु यस पेसातिर आकर्षित हुँदै गएका बागबजारस्थीत भावना ब्युटिर्पालर एण्ड कस्मेटिक सेन्टरका सञ्चालक भावना भण्डारीले बताएकी छन ।

जिल्ला सदरमुकामका तुफानडाँडा, किर्तिपुर, बागबजार, खलङ्गा, स्याउले, भात्काडाँ र पोखरा बजार लगायतका ठाउँहरुमा अहिले पार्लर व्यवसायमा उल्लेख्य सङ्ख्यामा महिलाहरु आबद्ध भएका छन । जसले गर्दा पछिल्लो समय महिलाहरुले ब्युटिपार्लर सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका हुन ।

डडेल्धुरा क्षेत्रमा रहेका बिभीन्न ठाँउका महिलाहरुमा काम गर्न लाज मान्ने परिपाटी हटेर महिलामा पनि केही गरौँं भन्ने भावना जागेकाले विभिन्न पेसा व्यवसायमा आबद्ध हुन थालेका हुन । ब्युटिपार्लर पेसा सञ्चालन गरेका अधिकांश महिलाको जीवनस्तरमा सुधार हुँदै गएको छ । ब्युटिर्पालर पेसा बाट सीजन अनुसार मासिक १ देखी ३ लाख सम्मको आम्दानी गरीरहेको सञ्चालक भण्डारीको भनाई छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा