पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघिय लोकतन्त्र स्थापना पश्चातको अमरगढी नगरपालिकाको पहिलो नगरसभा को उद्धाटन सत्रसम्पन्न÷

संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभाको उद्धाटन सत्र सम्पन्न भएको छ । नगरसभाबाट आर्थिक बर्ष २०७४÷७५ को अनुमानित आय व्यय विबरण समेत प्रस्तुत गरिएको छ । आर्थिक बर्ष २०७४÷७५  को लागि जम्मा रु ३२ करोड ५१ लाख ५ हजार ७ सय ३४ बराबरको बजेट तथा कार्यक्रम नगर प्रमुख विशेश्वर प्रसाद ओझाले प्रस्तुत गरेका थिए । यस्तै अमरगढी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि नगरकार्यपालिकाबाट नगरसभामा पेस हुने निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । निति तथा कार्यक्रममा नगरको सम्पुर्ण सम्बृद्धिको कार्यक्रम समाबेस गरिएको नगर प्रमुख ओझाले बताएका छन ।
नगरसभाबाट नगरपालिकाको आर्थिक बिकासका लागि कृषी तथा पसुपालन, उद्योग तथा बाणीज्य, पर्यटन, सस्कृति, सहकारी र बित्तीय क्षेत्रका लागि निति तथा कार्यक्रम समावेश गरिएको छ । जसमा कृषी पेसालाई व्यवसायिक बनाउन आधुनिकिकरण गर्ने, शित भण्डारको व्यवस्था गर्ने, कृषकलाई बालि बिमा, पशु बिमा तर्फ उन्मुख हुने निति अबलम्वन गर्ने, कुषी बिकासमा एकद्धार प्रणाली अपनाउने, औद्योगिक क्षेत्रको स्थापना, स्थानिय धार्मीक स्थलको संरक्षण र संर्वद्धन गर्ने, डोटेली भाषाको जगेर्नाका लागि भाषा संग्राहलय स्थापनाको लागि पहल गर्ने, खेलकुद पर्यटनमा जोड दिईने निति समाबेस गरिएको छ ।
यस्तै सहिद भिम दत्त पन्तको जन्मथलो अमरगढी २ लाई आदर्श वडाको रुपमा बिकास गर्दै ‘होम स्टे’ अबधारणाको बिकास गर्ने, एक टोल एक सहकारीको निति अवलम्वन गर्ने, वित्तीय संस्थामा सहज पहँुचको निति अवलम्वन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरण गर्न घुम्ती बैंक सञ्चालन गर्न पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभाबाट नगरपालिकाको सामाजिक बिकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानि तथा सरसफाई, खेलकुद, सामाजिक सुरक्षा आदिको लागि निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । जसमा निजि बिद्यालयको शैक्षीक गुणस्तरमा सुधार गर्ने, यसै आर्थिक बर्षमा अमरगढी नगरपालिकालाई पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने, अपाङ्गमैत्रि भौतिक संरचना निर्माणमा जोड दिने, स्वास्थ्य बिमा कार्यक्रमलाई विषेश महत्व दिने, खाद्य सुरक्षामा जोड दिने, नगरपालिका भित्र ‘एक घर एक स्वच्छ खानेपानि धारा’को निति लिने, खेलकुदलाई जिवनको अभिन्न अङ्गको रुपमा बिकास गर्ने, अपाङ्ग, दलित असहायको सामाजिक जिवनको सुरक्षाको सुनिश्चीत गर्ने, रोजगार सुचनाकेन्द्र मार्फत जब बैंकको स्थापना गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ । पुर्वाधार बिकासका लागि सडक, सिचाई, भवन तथा सहरिकरण बिकास, सचांर, बैकल्पीक उर्जा आदिको बिकास गरिने भएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा