पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्किन आग्रह गरेपछि निधिले राजीनामा फिर्ता लिएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा आफूसँग सल्लाह नगरिएको भन्दै निधिले पदबाट राजीनामा दिएपनि स्वीकृत भने भएको थिएन ।
राजीनामा फिर्ता लिने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत केही नेताले बुधबार राति निधिसँग छलफल गरेका थिए ।  
छलफलमा सभापति देउवाले प्रहरी महानिरीक्षक नियुक्ति तथा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा भएको असमझदारी हटाएर सँगै अघि बढ्न निधिलाई आग्रह गर्नुभएको थियो । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

कसैका छोरी र ज्वाइँ जिताउन गठबन्धन गरेका होइनौं ओली...।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको गठबन्धन स्वभाविक भएको बताएका छन्। पार्टी