पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको छ ।  आज राजधानीमा पत्रकार सम्मेलन गर्दै यादवले सरकारले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधनको वचन दिएकाले आफूहरु निर्वाचनमा सहभागी भएको दाबी गर्नुभयो । संविधान संशोधनको बेला सरकारले मुलुकमा नाटकीय घटनाहरु गराएको भन्दै यादवले सविधान संशोधन नभइ दोस्रो चरणको निर्वाचन गराउन खोजे त्यो अर्थहीन हुने र पहिलो चरणको निर्वाचनले पनि मान्यता नपाउने पनि बताउनुभयो । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन पनि उँहाले माग गर्नुभयो ।
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री

कसैका छोरी र ज्वाइँ जिताउन गठबन्धन गरेका होइनौं ओली...।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको गठबन्धन स्वभाविक भएको बताएका छन्। पार्टी