पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अस्ट्रेलियामा गाँजाबाट क्यान्सरको औषधि बनाइँदै

अस्ट्रेलियाले गाँजाबाट क्यान्सरको उपचारका लागि औषधि निर्माण गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि विभिन्न राज्यहरूमा १२ कृषकलाई कानुनी रूपमा गाँजाखेतीको अनुमतिसमेत सरकारले दिएको छ ।

गाँजालाई क्यान्सरलगायत रोगको उपचारका लागि प्रयोग गर्न पाउनुपर्ने माग पहिल्यैदेखि हुँदै आएको थियो । गाँजाखेती गर्ने कृषकहरूले भने कडा सुरक्षालगायतका प्रविधि अपनाउनुपर्ने उल्लेख छ ।

यो खेती गर्ने कृषकहरूले फिंगरप्रिन्ट स्क्यानर, मोसन सेन्सर, लेजर अलार्मलगायत सुरक्षाका प्रविधि अपनाउनुपर्नेछ । खेतीस्थलमा सुरक्षाकर्मी र उत्पादनस्थल गोप्य स्थानमा हुनुपर्ने प्रावधान राखिएको छ ।

यसका साथै उत्पादन गर्ने कृषकहरूले उत्पादित गाँजा गलत प्रयोगमा नआउने र कालोबजारी नहुने विश्वास दिलाउनुपर्नेछ । यति मात्र नभए गाँजा ओसारपसार गर्ने सवारीसाधनसमेत अपहरणकारीहरूबाट सुरक्षित हुनुपर्नेछ ।

यस औषधिको सही प्रयोगका लागि अस्ट्रेलियाले देशभरिबाट ५० चिकित्सकहरूलाई हालै तालिमसमेत दिएको छ ।

यो औषधि अलग किसिमको भएको र यसलाई कसरी बिरामीहरूलाई सिफारिस गर्ने भन्ने विषयमा चिकित्सकहरूलाई तालिम दिइएको बताइएको छ । 
 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा