पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

च्याउ उत्पादन तालिम सम्पन्न ।।

डडेल्धुराको अमरगढी–७ पोखरामा महिलाहरुका लागी च्याउ उत्पादन सम्बन्धि छ दिने तालिम बिहिबार सम्पन्न भएको छ । ६ दिने तालिममा अमरगढी ६ र ७ का महिलाहरुलाई समावेश गरी च्याउ उत्पादन सम्बन्धि आवश्यक सिप सिकाईएको छ ।

घरको काममा दैनिक जीवन व्यतित महिलालाई व्यवसायिक रुपमा कृषि तर्फ उन्मुख गराई आर्थिक आय आर्जन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।

अमरगढी नगपालिकाको महिला लक्षित बजेट अन्तरगर्तको एक लाख रकमले तालिम सञ्चालन गरिएको थियो । एकिकृत महिला विकास तथा कृषि सहकारीले सञ्चालन गरेको च्याउ उत्पादन तालिममा १६ जना महिलाको सहभागिता थियो ।

च्याउ उत्पालन सम्बन्धि आवश्यक आधारभुत तालिम जिल्ला कृषि विकास कार्यालयका खेमराज पनेरुले प्रशिक्षण गरेका थिए । परम्परागत रुपमा कृषि गर्दै आएका महिलाहरुलाई व्यवसायिक रुपमा कृषि तर्फ अभिप्रेरित गरी आय आर्जन बढाउने मुख्य उद्देश्यका साथ तालिम सञ्चालन गरिएकाले महिलाहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने आयोजक एकिकृत महिला विकास तथा कृषि शहकारी संस्थाका अध्यक्ष शोनी भण्डारीको भनाई छ ।

तालिममा सहभागी महिलाहरुले घरमै थोरै मेहनत गर्दा बाह्रैमास च्याउ उत्पादन गरिने तरिका सिकेको बताउदै उत्पादित च्याउलाई बिक्रि वितरण गर्न सके आम्दानी पनि राम्रो गर्न सकिने बताईन ।

स्वास्थ्यका लागी पनि प्रोटिन पौष्टिक तत्व च्याउमा पाईने भएकाले च्याउ उत्पादन गर्न सके स्वस्थ्य रहन मद्दत पुगे संगै आर्य आर्जन गर्न सकिने सहभागीहरुको भनाई थियो । 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको