पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पशु सेवा कार्यालय डडेल्धुराद्धारा कुखुरा पालक कृषकलाई १३ सय बढी कुखुराका चल्ला बितरण ।।

जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले मंगलबार जिल्लाका बिभिन्न कुखुरा पालक कृषकहरुलाई लेयर जातका साढे १३ सय बढी कुखुराका चल्ला बितरण गरेको छ । ‘पारिवारीक स्तरमा पोषण सुरक्षा’ भन्ने कार्यक्रम अन्र्तगत लेयर जातका १३ सय ६० कुखुराका चल्ला सहित ५० किलो आहार दाना निःशुल्क बितरण गरिएको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

ग्रामिण क्षेत्रका नागरिकलाई पोषण सुरक्षा सहित अण्डामा आत्मनिर्भर बनाउने उद्धेश्यले लेयर जातका कुखुराका चल्ला बितरण गरिएको कार्यालयका पशु बिकास अधिकृत राम बहादुर खड्काले बताउनु भएको छ ।

उँहाका अनुसार गन्यापधुरा गाउँपालिका–३ को समैजी ग्रामिण कुखुरा पालन समूह र नवदुर्गा गाउँपालिका–३ को बसन्तपूर सकायल ग्रामिण कुखुरा पालन समूहलाई ६ सय ८० का दरले सो कुखुराका चल्ला बितरण गरिएका हुन । साथै चल्लालाई खुवाइने आहार दाना समेत २५–२५ किलोका दरले दुवै समूहलाई बराबर बाडिँएको जनाइएको छ ।

कुखुराका चल्ला पाए पश्चात गाँउ–घरमै अण्डा उत्पादन गर्न सकिने भन्दै समूहका सदस्यले खुसी व्यक्त गरेको मष्टामाण्डौँबाट सहकर्मी भीम बिष्टले खबर पठाउनु भएको छ ।

पोषण सुरक्षा मजबुत बनाउनमा अण्डा निकै फाइदाजनक हुने हुदाँ पछिल्लो समयमा पोषणका क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले यस तर्फ बिशेष जोड दिएका छन ।

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको