नेविसंघ बैतडीमा केसीको प्यानल विजयी

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ बैतडीको १२ औं अधिवेशनबाट कपील केसीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

आज बिहान सम्पन्न मतगणनाबाट केसी २०७ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी महेन्द्र कार्कीले १८२ मत प्राप्त गरे ।

सचिवमा केसीका प्यानलका केशव बहादुर चन्द २०६ मतसहित विजयी भए । भने सचिवका अर्का प्रत्याशी रिकेश बोहराले १७९ मत ल्याए । यसैगरी कोषाध्यक्षमा केसी प्यानलका नन्दा कपाडी १९३ मत सहित विजयी भएका छन् भने कोषाध्यक्षका अर्का प्रत्याशी भागरथी भट्टले १८८ मत ल्याए ।

सदस्यहरुमा निराजन मडै २०२, खेमराज अवस्थी, २०२, रमेश महता २०२, दीपक बम १९३, डिल्लीराज जोशी १९८, सुरेन्द्र क्षेत्री १९८, नरेश बिष्ट १९९, प्रियंका नायक २०१, गोरखबहादुर चन्द १९५, मीना भण्डारी २०१,विवेक भट्ट १९८, कमलापती ऐर १९६, पवित्रा भट्ट २०१, रोशन भण्डारी २०१, सुशील राना १९५ र केशव जोशी १९६ मत ल्याएर विजयी भएका छन् ।

आगामी २ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेविसंघका सुदूरपश्चिम प्रदेश सदस्य रिजन मडैले जानकारी दिए । नेविसंघ बैतडीको नयाँ नेतृत्वका लागि केसी र कार्कीको अलग अलग प्यालन चुनावी मैदानमा उत्रेको थियो ।

नेविसंघ बैतडीका नवनिर्वाचित अध्यक्ष केसीले सबै विद्यार्थीहरुलाई मिलाएर अघि बढ्ने बताए । चुनावमा जीतहार लोकतान्त्रिक प्रक्रिया भएकाले आफू सबै विद्यार्थीको साझा नेता भएर अघि बढ्ने केसीको भनाइ छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा