डडेल्धुरामा फेरी भीषण आगलागी : ९ पसल जले, आगो लगाउने एक पक्राउ

डडेल्धुरा सदरमुकाममा फेरी गएराती भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालीका ५ मुख्य बजार बागबजारको बगरकोट रोडमा मध्यराती १२ः३० बजे आगलागी हुँदा ९ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । क्षतिको एकिन विवरण आएको छैन ।

गएरातीको आगलागी सहित ४ पटक भएको आगलागीले व्यापारी संसकीत भएको बेला आगो लगाउने एक जना डडेल्धुरा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

पक्राउ परेका ब्यक्तिको नाम ठेगाना प्रहरीले नखुलाए पनि आगलागी पिडीतको आफन्त नै रहेको बताएको छ । उनले आगो लगाएको प्रहरी सामु स्वकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

आगलागी करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो । सधैजसो आगलागीका घटना हुँनु रहस्यमय भएको स्थानीय व्यापारीहरुले भनाई छ । उच्च सुरक्षा सतरकता अपनाउन व्यापारीहरुले माग गरेका छन् ।

गत हप्ता मात्र डडेल्धुरामा लगातार ३ पटक आगलागीमा ५ जलेर नष्ट हुँदा करिब ८७ लाख बराबरको क्षतिको थियो । दुई हप्तामा डडेल्धुरामा १४ पसल जलेर नष्ट भएका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा