विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले तलब पाएनन्

गएको साउन महिनादेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले तलब पाएका छैनन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले तलब नपाएको सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिए ।

विश्वविद्यालयका पदाधिकारीहरुको गैरजिम्मेवारीका कारण प्राध्यापक कर्मचारीहरुले अहिले सम्म तलब नपाउँदा समस्या भएको प्राध्यापक कर्मचारीहरुले बताएका छन् ।२०७४ साल असोज २ गते नेपाल सरकारले सुदूपश्चिमाञ्चल विश्व विद्यालय अन्तर्गतका आंगिक क्याम्पसकहरुका दरबन्दी स्वीकृत गरेको थियो ।

१४ क्याम्पसका कार्यरत ३३४ प्राध्यापक तथा कर्मचारीहरुले तलब पाउन नसकेको चन्दले बताए । विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा प्राध्यापक कर्मचारी मारमा परेका छन् ।

क्याम्पसहरुलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गर्दा पहिलाको तलब समेत नपाएको र विश्वविद्यालयमा गाभिएपछि तलब नपाएपछि समस्या भएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । प्राध्यापक तथा कर्मचारीहरुले ६ महिना सम्म पनि तलब नपाउँदा विश्वविद्यालयले कुनै चासो नदिएको हो ।

सुदूरपश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडी, पाटन बहुमुखी क्याम्पस बैतडी, मणिलेक क्याम्पस मेलौली बैतडी, दार्चुला बहुमुखी क्याम्पस दार्चुला, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले तलब पाएका छैनन् ।

यस्तैज यपृथ्वी बहुमुखी क्याम्पस बझाङ,बाजुरा क्याम्पस बाजुरा, बडिमालिका क्याम्पस बाजुरा, त्रिवेणी जनता बहुमुखी क्याम्पस बयलपाटा अछाम, बहुमुखी क्याम्पस जोगबुढा डडेल्धुरा, सीताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटी, सेतीमहाकाली बहुमुखी क्याम्पस घण्टेश्वर डोटी, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया कैलाली र टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलालीमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले पनि तलब नपाएका हुन् । प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयमा समायोजन गर्दा ल्याइएको विभेदकारी नियमावली समेत सच्याउन आग्रह गरेका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा