सुदूर पहाडमा हिमपात, चिसोले जनजीवन प्रभावित

केही दिन देखि मौसममा आएको परिवर्तनका कारण डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अधिकांस पहाडी जिल्लाहरुमा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लेक, अनारखोली लगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
सुदूर पहाडका दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लाका बिभिन्न उच्च पहाडी क्षेत्रमा हिमपात भएको सम्बन्धीत जिल्लाका सहकर्मीहरुले खबर पठाएका छन । हिमपात भएसंगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलको सुझाव छ । यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धि रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
तर लामो समयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुसी भएका छन् । हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन् । हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । यसअघि गएको मंसिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लामा हिमपात भएको थियो ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा