बैतडीका नौ स्थानीय तह दुर्गममा वर्गीकरण

सरकारले हालै गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा बैतडीका आधा स्थानीय तह अति दुर्गमका रुपमा वर्गीकरण भएका छन् । भने ९ स्थानीय तह दुर्गमको सुचीमा रहेका छन् । १० स्थानीय तह रहेको बैतडीका ५ स्थानीय तह अति दुर्गमका रुपमा वर्गीकरण भएका हुन् ।

६ गाउँपालिका र ४ नगरपालिकामध्येवाट दोगडाकेदार बाहेकका अरु ५ गाउँपालिका अति दुर्गममा परेका हुन् । भने ४ नगरपालिकामध्ये दशरथचन्द नगरपािलका मध्यम वर्गमा परेको छ भने अरु नगरपालिका दुर्गममा परेका छन् ।

डिलाशैनी गाउँपालिका,पञ्चेश्वर गाउँपालिका,शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका अति दुर्गममा परेका छन् । पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिका दुर्गमका रुपमा वर्गीकरणमा रहेका छन् । दशरथचन्द नगरपालिका भने मध्यम दुर्गमका रुपमा वर्गीकरण परेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा ७५३ स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरिएको हो ।

जसमा अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । मन्त्रालयले यातायातको सुविधा (सडक र हवाई यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो ।

मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ । वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुने विश्वास गरिएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा