डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीद्धारा स्थलगत अवलोकन

भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले स्थलगत अवलोकन गरेको छ ।

दिपायल सिलगढी नगरपालिकाको पहलमा विभागका पूरातत्व अधिकृत विष्णु पाठक नेतृत्वको टोली र नगरपालिका प्रमुख मञ्जु मलासी नेतृत्वको संयुक्त टोलीले आइतबार स्थलगत अवस्था अवलोकन गरेको हो ।

बाईसे चौवीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि निर्माण गरिएको डोटी दरबार संरक्षण संवद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ ।

नेपालको राष्ट्रिय स्तरको सम्पदाका रुपमा सूचिकृत उक्त दरबारको स्तरोन्नती गरि सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक संग्रहालयका रुपमा स्थापित गर्ने उद्धेश्यले दिपायल सिलगढी नगरपालिकाले पहल अगाडी बढाएको नगर पमुख मञ्जु मलासीले बताइन् ।

नगरपालिकाको वडा नं. २ र ३ को सिमानामा भग्नावशेष दरबारको संरक्षण संवद्र्धनका लागि दिपायल सिलगढी नगरपालिकाले यस आर्थिक वर्षमा १५ लाख खर्च गर्न लागेको उनले बताइन् । जसबाट डोटी दरबारको इतिहास संरक्षण हुने, पर्यटकीय आकर्षण बढ्ने र आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वासका साथ नगरपालिकाले उक्त कार्य अगाडी बढाएको हो ।

 

डोटी दरबार झण्डै १५ औं शताब्दीतिर निर्माण भएको हुन सक्ने अनुमान छ । दुइ वटा दरबार भवन, साथमा भैरव मन्दिर देख्न सकिन्छ भने दरबार क्षेत्रको जमिन भित्रभित्रैबाट सेती नदिमा नुहाउन जाने गुफा समेत रहेको बताइन्छ ।

डोटी गौणाको केन्द्र, तत्पश्चात साविकको संरचनामा क्षेत्रीय सदरमुकाम रहेको दिपायलको छेवैमा अग्लो डाँडामा उक्त दरबार अवस्थित छ । दरबार भएको स्थानबाट दिपायलको एअरपार्ट बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, बासुधारा जस्ता क्षेत्रको दृष्यावलोकन समेत गर्न सकिन्छ ।

दरबारमा ११ फिटभन्दा लामा ढुंगाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खालबाट देख्न पाइन्छ । दरबारमा प्रयोग भएका ढुंगा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भैसकेका छन् । उक्त दरबार क्षेत्रमा जाँदा अहिले कहाली लाग्दो अवस्था छ । त्यसैले अब स्थानीय सरकारको पहलमा यस्ता प्राचिन सम्पदाको संरक्षण, संबद्र्धन, प्रचार प्रसारमा जोड दिने दिपायल सिलगढी नगर उपप्रमुख शिवराज खड्काले बताए ।

दरबारको स्थलगत अवस्था अवलोकनबाट प्राप्त यथार्थ तथ्यहरु र दिपायल सिलगढी नगरपालिकाले गरिरहेको पहलबारे तत्काल पूरातत्व विभागमा प्रतिवेदन पशे गरी थप काम अगाडी बढाइने पूरातत्व विभाग अधिकृत पाठकले बताए ।

तत्कालका लागि दिपायल सिलगढी नगरपालिकाले छुट्याएको बजेटका आधारमा दरभरको भग्नावशेष अवस्थालाई उत्खनन गरी बाँकी संरचना निर्माणको काममा अगाडी बढ्न सकिने अवलोकन टिममा रहेका पूरातत्व विभागका सव इन्जिनियर गोविन्द अधिकारीले बताए ।

यसका साथै उक्त टोलीले डोटीको प्रमूख धार्मिक शक्तिपीठ शैलेश्वरी, दिल्पेश्वर मठको समेत अवलोकन गरेका छन् । दिपायल सिलगढी नगरपालिकाभित्रका सबै सम्पदाको संरक्षण एवं विकासका लागि नगरपालिकाले काम अगाडि बढाएको छ ।

 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा