सुनखानीमा दुर्घटना, ३० जनाको मृत्यु

अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा रहेको सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् । 

बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका जिल्ला गर्भनर मोहम्मद रुस्तम राघीले बताए ।

स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरु भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै राघीले बताए ।

प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरु व्यावसायिक व्यक्तिहरु नभएको बताए ।

‘स्थानीय गाउँलेहरु खानीको व्यवसायमा दशकौंदेखि संलग्न छन् र तिनीहरुमा सरकारको कुनै नियन्त्रण पनि छैन,’ नजारीले भने ।

उनले सरकारले गाउँमा उद्धार टोली पठाएको जानकारी दिए ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा