डीपीएल क्रिकेटको खेलाडी अक्सन आज हुँदै, २ सय ५ जनाको नाम दर्ता

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ ।

अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्यूनतम ३० हजारदेखि २ लाख ५० हजारसम्म मूल्य राखेर नाम दर्ता गराएका छन् ।

जस अनुसार टिमले खेलाडी किन्नेछन् । ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट हन्ट र दुई विदेशी गरी १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने छन् । टी–ट्वेन्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ ।

लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ ।  पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ ।

त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ ।

डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किङ्सले प्रतिस्पर्धा गर्दैछन् ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश