बैतडीमा मकै जोन कार्यक्रम लागू

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत परियोजना कार्यान्वयन ईकाइ मकै जोन बैतडीले जिल्लामा संञ्चालनमा गर्ने मकै जोन कार्यक्रममा सुचीकृत हुनको लागि कृषक समूहहरुलाई आग्रह गरेको छ ।

मकै जोन कार्यालयले एक सुचना जारी गर्दै यो कार्यक्रम लागु भएका दोगडाकेदार, सुर्नया, पञ्चेश्र गाउँपालिका दथरथचन्द र पाटन नगरपालिकाका कृषक समुहरुलाई यही पुस २४गतेभित्र आवश्यक कागजात सहित कार्यालयमा निवेदन दिनहुन आग्रह गरेको छ ।

मकैजोन कार्यालयले मकै खेती ५०० हेक्टर बढी ठाउँमा एउटै क्षेत्रमा भइरहेको ठाउँलाई क्षेत्र निर्धारण गरिएको हो । निवेदन दिने कृषकहरुले परियोजनाले तयार गरेको परियोजनाको फर्मेट अनुसारको विवरण, समुह सहकारी तथा कृषी र्फम दर्ताको प्रमाण पत्र नविकरण र सहकारीको लेखापरीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने परियोजना कार्यान्वयन ईकाइ मकै जोन बैतडीका निमीत्त प्रमुख महेशप्रसाद अवस्थीले बताए ।

यस्तै समुह सहकारी तथा फर्मको बैठकको निर्णयको प्रतिलीपी र आवेदन फारममा रु १० को टिकट पनि लगाउनपर्नेछ । समुहको हितकोष रकम , सहकारी तथा फर्मको बचत रकम तथा आयव्यय विवरण संगै मकै खेतीले ढाकेको क्षेत्रफल र घरधुरीको विवरण पनि कार्यालयमा पेश गर्नुपर्नेछ । समूह सहकारीमा आवद्ध महिला, पुरुष, दलित तथा जनजातीको विवरण पनि कृषक समुहहरुले मकै जोन कार्यालयमा बुझाउनुपर्ने मकै जोन कार्यालय बैतडीले जनाएको छ ।

मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि बैतडीमा गत असोजमा पहिलोपटक मकै जोन कार्यालय स्थापना गरिएका थियो । नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहने गरी कार्यालय स्थापना भएको हो । मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि कार्यालय स्थापना गरिएको जनाएको छ ।

मकै खेती प्रविधिलाई उन्नत बनाउँदै यूवा स्वरोजगारी सिर्जना गर्ने, खाद्यान्न आयतलाई प्रतिस्थापन गर्ने लगायतका कार्यमा कार्यालयले सहयोग पुर्याउनेछ । बैतडी मकै उत्पादनका लागि राम्रो मानिएकाले यो जिल्लामा मकै जोन कार्यालय स्थापना भएको हो । बैतडीमा १४ हजार ५०० हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ ।

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको