‘वीर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’

 निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वीर विक्रम २’मा समावेश रहेको गीत सार्वजनिक भएको छ । पुरानो नेपाली चलचित्र‘देउता’मा समावेश भएको‘पिरतीको मिठो तिर्सना’बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो ।

चलचित्र ‘देउता’मा उक्त गीत इन्द्रजित मिजार र भारती घिमिरेले गाएका थिए ।  यता चलचित्र‘वीर विक्रम २’मा भने यो गीतलाई ताराप्रकाश लिम्बू र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरको संगीत छ । पुरानो गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतले अभिनय गरेका थिए भने गीतको रिमेक भर्सनमा नायक पलशाह,नाजिर हुसेन र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् । भिडियो मुस्ताङ र मनाङमा खिचिएको हो । 

चलचित्र‘वीर विक्रम २’मा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बूलगायतको अभिनय रहेको छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको कथा रहेको छ । अपर्ण सापकोटा चलचित्रको सह–निर्माताको रुपमा रहेका छन् । चलचित्र सुदीप बरालले खिचेका हुन् ।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो