विषयगत समितिका सभापतिद्धारा गाडी भाडा वापत साढे १६ लाख बजेट माग

जनक विष्ट

सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा र भ्रमणमै पाँच महिनामा १९ लाख खर्च गरेका बेला विषयगत समितिका चारजना सभापतिले गाडी भाडा वापत साढे १६ लाख बढि बजेट माग गरेका छन्। विषयगत समितिको सभापतिको जिम्मेवारी पाएको तीन महिनामा प्रदेशसभा सचिवालयसँग उनीहरुले गाडी भाडा वापतको १६ लाख ६२ हजार बजेट माग गरेका हुन्।

विषयगत समितिको सभापति भएदेखि प्रक्रिया मिचेर भाडाका गाडी चढ्दै आएका विषयगत समितिका सभापतिहरु मध्ये एक जनाले दैनिक भाडा वापतको चार हजार र तीन जनाले ४५ सयका दरले प्रदेशसभा सचिवालयसँग १६ लाख ६२ हजार बजेट माग गरेका हुन्।

गत असोज २३ गते विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नियुक्त हुनुभएका नेपालु चौधरीले दैनिक चार हजारका दरले गाडीभाडा वापतको रकम माग गरेका छन्। सोही मितिमा सार्वजनिक लेखा समितिको सभापति भएकी कुमारी नन्दा बम, सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र अर्थ विकास समितिका सभापति हर्क बहादुर कुँवरले पनि ४५/४५ सयका दरले दैनिक गाडी भाडा वापतको रकम माग गरेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले बताए।

सार्वजनिक खरिद ऐन अन्तर्गत सार्वजनिक सूचना जारी गरी गाडी भाडामा लिनुपर्ने प्रावधान भए पनि त्यो प्रक्रिया नपुगाई गाडी भाडामा लिएका चारैजना विषयगत समितिका सभापतिहरुले जिम्मेवारी पाएको तीन महिनामा भाडा वापतको १६ लाख ६२ हजार बजेट माग गरेका हुन्।

विधायन तथा प्रदेश मामिला समितिको सभापति नेपालु चौधरीले दैनिक चार हजारका दरले माग गरे अनुसार आउदो पुष मसान्त सम्म भाडा वापतको तीन लाख ८० हजार पाउनेछन्। सार्वजनिक लेखा समितिको सभापति कुमारी नन्दा बम, सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र अर्थ विकास समितिका सभापति हर्क बहादुर कुँवरले पनि ४५/४५ सयका दरले दैनिक गाडी भाडा वापत पुष मसान्त सम्म चार लाख २७ हजारका हिसाबले १२ लाख ८१ हजार पाउनेछन्।

तर विषयगत समितिका चारजना सभापतिले गाडी भाडा वापत माग गरेको रकम भुक्तानीका लागि बजेट नभएपछि प्रदेशसभा सचिवालय रनभुल्लमा परेको छ। विषयगत समितिका सभापतिहरुका लागि छुट्टै भाडा शिर्षकको रकम नहुदा र अर्थ मन्त्रालयले निकासा नदिदा भुक्तानीमा समस्या भएको हो। तर प्रदेशसभा सदस्यको अन्तर प्रदेश भ्रमण कार्यक्रमबाट अली अली भएपनि भुक्तानी गर्ने तयारीमा रहेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए।  

विषगत समितीका सभापतिहरुले प्रयोग गरिरहेका गाडीहरुको विषयमा दिनेश एफएमले दुई दिन अघि माग गरेको सूचनाको विवरण सचिवालयका कर्मचारीले दिनेश एफएमकै कार्यालयमा पत्र मार्फत पठाएका हुन्। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भने मुख्यमन्त्री त्रिलोचन भट्टकै निर्देशनमा सुचना लुकाएको थियो।  

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको