अफगानिस्तान टी-२० विश्वकपमा सोझै छनोट

अफगानिस्तानले अन्तराष्ट्रिय क्रिकेटमा निरन्तर छलाङ मारिरहेको छ। टेस्ट राष्ट्रको मान्यता पाएको १८ महिना नबित्दै अफगानिस्तान सन् २०२० को टी–२० विश्वकपमा सोझै छनोट भएको छ। सन् २०१८ को अन्तिम टी–२० वरीयतामा अफगानिस्तान शीर्ष ८ मा अटाएपछि अफगानिस्तानले टी–२० विश्वकपमा स्थान बनाएको हो। वरीयताको नवौं स्थानमा रहेको श्रीलंका र दशौँ स्थानमा रहेपछि पुराना टेस्ट मान्यता प्राप्त दुई देशले भने अब पहिलो चरण पार गर्नुपर्नेछ। अफगानिस्तान पहिलोपटक छनोट चरणमा नाखेल्दै विश्वकपका लागि छनोट भएको हो। सन् २०१८ मा खेलेका ७ मध्ये ७ नै खेलमा जित हात पारेपछि अफगानिस्तानले वरियतामा उल्लेख्य सुधार गर्‍यो। अफगानिस्तानले यस बिचमा बंगलादेशमाथि ३–० को ह्‍वाइटवास गरेको थियो। अफगानिस्तानले सन् २०१० मा वेस्ट इन्डिजमा भएको विश्वकपमा छनोटको फाइनलमा आएरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो। सन् २०१२ मा पनि छनोट भएको अफगानिस्तान सन् २०१४ मा भने छनोटमा बंगलादेश र नेपालभन्दा तल रहेको थियो। सन् २०१६ मा पनि अफगानिस्तानले वेस्ट इन्डिजलाई पराजित गर्दै सनसनी मच्चाएको थियो। सन् २०२० को प्रतियोगितामा अफगानिस्तान सिधै छनोट हुँदा जिम्बाब्वे र आएरल्यान्डले भने ग्लोबल क्वालिफायर खेल्नेछन्। ग्लोबल क्वालिफायरमा सन् २०१६ को प्रदर्शनलाई आधार मानेर ४ एसोसिएट राष्ट्रलाई सिधै स्थान दिइएको छ। स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले ग्लोबल क्वालिफायरमा स्थान बनाएका छन्। अब क्षेत्रीय छनोटबाट ८ टोलीले यस ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन्। कुल १४ टोली सहभागी रहने ग्लोबल क्वालिफायरबाट शीर्ष ६ टोलीले अष्ट्रेलियामा हुने पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग खेल्नेछन्।
 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश