डा. केसीलाई अनशन बस्न केही व्यक्तिले प्रेरित गरिरहेका छन् : मन्त्री पाेखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पाेखरेलले चिकित्सक डा. गाेविन्द केसीलाई केही व्यक्तिले अनशन बस्न प्रेरित गरेको बताएका छन्।   संघीय संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षाकाे सम्बन्धमा व्यवस्था गर्न बनेको उपसमितिमा बाेल्दै मन्त्री पाेखरेलले डा. केसीलाई अनावश्यक उचालिएकाे धारणा राखेका हुन्। उनले भने, 'डा. केसीलाई अनशन बस्न केही व्यक्तिहरूले प्रेरित गरिरहेकाे देखिन्छ।'  डा. केसी मंगलबार अनशन बस्नका लाग इलाम पुगेका छन्। उनले १६ औँ अनशन बस्न गएका छन्। चिकित्सा शिक्षाका विषय विभिन्न माग राख्दै डा. केसी पटकपटक अनशन बस्दै आएका छन्। डा. केसी यसअघि अनशन बस्न जुम्ला पुगेका थिए।  मन्त्री पाेखरेलले उपसमितिलाई डा. केसीसँग गरेका सहमति अनुसार प्रतिवेदन तयार गर्न पनि आग्रह गरेका छन्। नयाँ मेडिकल कलेज खाेल्ने बारेकाे व्यवस्था डा. केसी र सरकारबीच भएको सहमति अनुसार गरिदिन उपसमितिलाई मन्त्री पाेखरेलले माग गरेका हुन्।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री