महेन्द्र मावि दार्चुलालाई वेस्ट प्लाटुनको उपाधि

राष्ट्रिय सेवा दलको एक सय दिने तालिम लिइरहेका महेन्द्र मावि खलंगाका विद्यार्थीहरुले ९ जिल्लाका १७ विद्यालयसंगको प्रतिस्पर्धामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट प्लाटुनको उपाधी हात पारेका छन् ।

कोहलपुरमा सुदूरपश्चिम र कर्णाली प्रदेशका १७ ओटा विद्यालयहरुबिच बहु विधामा भएको प्रतिस्पर्धामा महेन्द्र माविले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट प्लाटुनको उपाधि हात पारेको विद्यालयका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिए ।

महाकाली नगरपालिका–४ खलंगा दार्चुलामा रहेको महेन्द्र माविमा अद्ययनरत ३६ जना विद्यार्थीहरुले एनसिसि तालिम लिइरहेका थिए । बिवद्यार्थीहरुले यसअघि ७९ दिनसम्म विद्यालयमै तालीम लिएर बाँकी २१ दिनका लागि ४५औँ ब्याज डिभिजनको प्रतिस्पर्धाकालागी कोहलपुर क्याम्पमा गएका थिए ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, सुर्खेत, दैलेख, पुर्बी रुकुम, कालीकोट, जाजरकोट र दार्चुलागरी ९ जिल्लाका १७ ओटा विद्यालयको टिमबाट ५ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको क्याम्पमा सर्वोत्कृष्ट प्रदर्शन गर्न सफल दार्चुलाका विद्यार्थीहरुले वेष्ट प्लाटुन र वेस्ट क्याडेटको उपाधि हात पार्न सफल भएका हुन् ।

क्याम्पमा पिटि शारीरिक ब्यायाम, खेलकुद, अनुशासन, बक्तृत्वकला, सिकाइ, सास्कृतिक प्रस्तुति लगायत बहुविधामा प्रतिस्पर्धा भएको थियो । महेन्द्र माविले साँस्कृतिक कार्यक्रमतर्फ प्रथम र छात्रा भलिबलमा द्धितिय स्थान प्राप्त गरेका छन् ।

यस्तै वेस्ट क्याडेट म्याक्स धामी, क्याडेटमा आशिस धामी कम्पनी जेयुओ र लोकेश कुँवर प्लाटुन जेयुओको उपाधी हात पार्न सफल भएको महेन्द्र माविका शिक्षक नवराज भट्टले जानकारी दिए । ३ वर्ष अघिदेखि एनसिसि तालीमकालागी छनोट भएको महेन्द्र माविबाट पहिलो वर्ष एक जना र दोस्रो वर्ष दुई जना उत्कृष्ट प्रतियोगि विद्यार्थीले विदेश भ्रमणको अवसर पाएका छन् ।

यो वर्ष समेत विद्यालयले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको कारण म्याक्स धामीसहित कम्तीमा दुई जनाको विदेश भ्रमणको सम्भावना रहेको शिक्षक भट्टले बताए ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश