पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका छन् । निजी विद्यालयहरुको संगठन प्याब्सन, एनप्याब्सन, शिक्षा कार्यालयलगायत सरोकारवालाको वार्ताले तय गरेको नयाँ शुल्क शुल्क निर्धारण समितिले अनुमोदन गरेपछि आन्दोलन फिर्ता लिइएको प्याब्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले बताउनुभयो । उहाँले सहमतिसंगै प्याब्सन, एनप्याब्सनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र बिहीबारदेखि विद्यालय सुचारु हुने बताउनुभयो । जिल्ला शिक्षा कार्यालय र सरोकारलाबीच कैलालीका निजि विद्यालयको शुल्क २ श्रेणीमा विभाजन गरि निर्धारण गर्ने सहमति भएको जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टले बताउनुभयो । गाउँपालिका र नगरपालिकाको तथा उपमहानगरपालिकाको फरक शुल्क निर्धारण भएको उहाँले बताउनुभयो । गाउँपालिका र नगरपालिकामा प्राथमिक तहका बढिमा १ हजार २ सय रुपैया, निम्न माध्यमिक तहसम्म बढीमा १ हजार ६ सय र माध्यमिक तहसम्म बढीमा १ हजार ९ सय लिन पाउने गरि शुल्क निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस्तै उपमहानगरपालिका भित्रका विद्यालयका लागि प्राथमिक तहका बढीमा एकहजार ४ सय ५०, निम्न माध्यमिक तहसम्म १ हजार ९ सय ५० सय र माध्यमिक तहसम्म बढीमा २ हजार ४ सय लिन पाउने गरि शुल्क निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी बिष्टले बताउनुभयो । विद्यार्थी संगठनहरुको समेत राय लिएर शुल्क निर्धारण गरिएको शुल्क निर्धारण समितिका संयोजकसमेत रहेका जिल्ला शिक्षा अधिकारी बिष्टले बताउनुभयो । यसअघि विद्यार्थी संगठनहरु र जिल्ला शिक्षा कार्यालयबीच शुल्क बढाउन नपाइने, निजि विद्यालयका शिक्षक, कर्मचारीको सेवा सुविधा शिक्षा ऐन अनुसार हुनुपर्ने लगायत सहमति भएपछि त्यसका विरुद्ध विद्यालय संचालकहरु आन्दोलनमा उत्रिएका थिए । सहमति खारेज हुनुपर्ने माग गर्दै विद्यालय संचालकहरु दुई दिनदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा

धनगढीको रातोपुल–उत्तरवेहडी सडक निर्माण सुरु भएको ६ महिनामा पनि नालीको काम सकिएन ।। 

कैलालीको रातोपुल उत्तरबेहडी सडक निमार्णमा ढिलाई भईरहेको छ । ठेक्का स्वीकृत भएको झण्डै १० महिना बितीसक्दा पनि सडकको दुबैतिरका नालीको काम सकिएको छैन