पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डोटीमा स्थानीय तह पुनर्संंरचनाको बजेटमा अनियमितता,चिया र बिस्कुटमा साढे तीन लाख खर्च ।।

स्थानीय तह पुर्नसंंंंरचनाका लागि डोटीमा आएको बजेटमा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

डोटी जिल्लामा गाउँपालिका तथा नगरपालिकाको सिमांकन तथा नामांकन गर्नको लागि स्थानीय तह पुर्नसंंरचना प्राविधिक सहयोग समिति डोटीको नाममा आएको ६ लाख ६० हजार रुपैयाँ अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय दिपायलले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत खर्चको सम्पूर्ण बिल भर्पाइ नियन्त्रणमा लिएर छानबिन थालेको हो ।

डोटी जिल्लामा रहेको साबिकको ५० गाविस र १ नगरपालिकालाई पुनर्संरचना गरि नयाँ गाउँपालिका तथा नगरपालिकाको नामांकन र सिमांकन प्रस्ताव गर्न डोटी जिल्लामा गठन गरिएको स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समिति डोटीका नाममा ६ लाख ६० हजार रुपैयाँ निकासा भएको थियो ।

जिल्ला तथा इलाका स्तरमा समेत सर्वपक्षिय छलफल गरी गाउँपालिका तथा नगरपालिकाको नामांकन सिमांकन गर्नु पर्नेमा जिल्ला समन्वय समितिको सभाकक्षमा झण्डै ४ वटा बैठक गरी नामांकन सिमांकन टुंगो लगाइएको थियो ।

स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समिति डोटीका पदाधिकारीहरुमा स्थानीय विकास अधिकारी संयोजक तथा जिल्ला प्रशासन कार्यालय डोटी, मालपोत कार्यालय डोटी, नापी शाखा डोटी, जिल्ला प्राविधिक कार्यालय डोटीको अधिकृत स्तरका कर्मचारी सदस्य रहने र जिल्ला विकास समितिका योजना अधिकृत सदस्य सचिव रहने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्त तथा कार्यविधि २०७३ मा उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समितिका एक कर्मचारीका अनुसार स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले आफ्ना नजिकका विश्वास पात्र कर्मचारीहरुसँगको मिलेमतोमा उक्त रकममा अनियमितता गरेको आरोप लागेको छ । उक्त रकमको बिल भरपाई मिलाउन स्थानीय विकास अधिकारीले उक्त कार्यमा नखटिएका विश्वास पात्र कर्मचारीहरुलाई छनौट गरी भत्ता समेत खुवाएको जिविस श्रोतले बताएको छ ।


जिल्ला समन्वय समितिले उपलब्ध गराएको सूचनामा केन्द्रबाट आएको ६ लाख ६० हजार रुपैयाँ मध्ये ३५ हजार प्रचार प्रसारमा, झण्डै ९५ हजार रुपैयाँ इन्धन खर्च, ३ लाख ५० हजार रुपैयाँ भन्दाबढी नास्ता तथा बैठक भत्तामा खर्च भएको उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिको उक्त विवरणमा बैठकमा सहभागी राजनीतिक दल तथा सहभागीहरु आश्चर्यचकित परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राष्टवादीका डोटी जिल्ला अध्यक्ष बहादुर खड्काका अनुसार आफू प्रत्येक बैठकमा नियमित उपस्थित भएको तर बैठकमा सामान्य चिया बिस्कुट बाहेक केहि नखाएकोले बजेटमा ब्यापक भ्रष्टाचार भएको हुन सक्ने बताउनुभयो । यसैगरी प्रचार प्रसारको लागि स्थानीय रेडियोहरुलाई प्रति रेडियो ३ हजार मात्र उपलब्ध गराइएको थियो ।

उता जिल्ला विकास समिति डोटीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले अख्तियारले यस बिषयमा आफूहरु सँग जिल्ला प्रशासन कार्यालय मार्फत खर्च विवरण मागेको र अख्तियारको माग अनुसार आफूले फाईल पठाएको बताउनुभयो ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको