कृषि सामग्री किन्दा झण्डै १ करोड रुपैयाँ अनियमिता, १३ जनाविरुद्ध मुद्दा दायर

कृषि सामग्री किन्दा झण्डै १ करोड रुपैयाँ अनियमिता गरेको आरोपमा कृषि विकास कार्यलय दैलेखका कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुले कृषि सामग्री खरिद नै नगरी खरिद गरेको नक्कली बिल भरपाई बनाएर ९५ लाख ५१ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता अख्तियारको दाबी छ । उनीहरुमध्ये सबैभन्दा धेरै बागबानी विकास अधिकृत सूर्यनाथ योगीले १८ लाख ३६ हजार रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

नक्कली बिल बनाएर भ्रष्टाचार गर्नेहरुमा तत्कालिन घिमिरेसहित, वागवानी विकास अधिकृत सुर्यनाथ योगी र भुवनबहादुर मल्ल, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, नायब सुब्बा नमराज थापा, लेखापाल राम कुमार शाह, ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाही लगायत १३ जना रहेका छन् । 

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली