पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बेलायतको म्यानचेष्टर आक्रमणमा मर्नेको संख्या २२ पुग्यो, विश्वभरबाट निन्दा ।।

बेलायतको म्यानचेष्टर सहरमा सोमबार साँझ आयोजित संगीतमय सन्ध्या भईरहेको स्थानमा भएको हिंसात्मक हमलाको विरुद्धमा विश्वभरका नेताहरुले ऐक्वबद्धता जनाएका छन् । सो सन्ध्याको अन्त्यमा अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो प्रस्तुती गरिरहेका अवस्थामा भएको आतंककारी हमलामा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ ।

प्रारम्भिक समाचारमा यस घटनामा परी मृत्यु हुने व्यक्ति १९ भएको बताइएतापनि घाइते भएका व्यक्तिमध्ये केहीको मृत्यु भएपछि सो संख्या २२ पुगेको हो । बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतंककारी आक्रमण भएको बताउँदै यस घटनाबाट नआत्तिन र सबैलाई सम्हालिन आह्वान गरेकी छिन ।

उनले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेका पनि उनले जानकारी दिएकी छिन । चीनका राष्ट्रपति सि जिनपिङले आज भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै बेलायतकी महारानी एलिजावेथ द्धितियालाई समवेदना सन्देश पठाएका छन ।

सन्देशमा राष्ट्रपति सिले गहिरो समवेदना व्यक्त गर्नुका साथै मृतक प्रति श्रद्धाञ्जलि अपर्ण गरेका छन । त्यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभत्स हत्याको निन्दा गरेका छन् । उनले यस दुखद् घडीमा बेलायत र बेलायती जनताको साथमा आफू रहेको रहेकासमेत उल्लेख गरेका छन ।


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकबाद विरुद्धको सहकार्यलाई अझ बढाउन आवश्यक भएकोमा जोड दिएका छन । बेलायतको म्यान्चेष्टरमा भएको आक्रमणको विरोधमा एक सन्देश प्रकाशित गरी राष्ट्रपति पुटिनले अमानवीय अपराध गर्नेहरु अक्षम्य हुने बताएका छन । उनले आतंकबाद विरुद्ध लड्नका लागि आवश्यक सहयोग र सहकार्य बढाउन आपूm तयार रहेको पनि स्पष्ट पारेका छन् ।

श्रीलंकाको विदेश मन्त्रालयका प्रवक्ता महीशिनी कोलोनेले म्यान्चेष्टरमा भएको आक्रमणबाट श्रीलङका दुखी भएको बताए । उनले अतिकठोर घटनाबाट पीडितप्रति आफ्नो सरकारको सहानुभूति रहेकोपनि ट्वीटरमा लेखेका छन् ।

सिंगापुरको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा निर्दोष मानिसमाथी भएको अमानवीय हमलाको भ्रत्सर्ना गरिएको छ । मृतकप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

इजिप्ट सरकारले म्यान्चेष्टरमा भएको आक्रमणलाई आतंककारी आक्रमण भन्दै आक्रमणकारीको कडा आलोचना गरेको छ । इजिप्टको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आतंकबाद विरुद्ध लड्न आफू सधै बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको स्मरण गराइएको छ ।

म्यान्चेष्टरमा विस्फोटन हुँदा भवन हल्लिएको र अनौठो हावामा उडेको एक जना प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनास्थल क्षेत्रलाई घेराबन्दी गरिएको छ भने नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध गरीएको छ । घटनापछि कैयौँ प्रत्यक्षदर्शी अताल्लीएका छन् भने वेलायती जनता त्रसित भएको पाइएको छ । 
 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा