पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नयाँ कार्यक्रम समावेश नगरी बजेट ल्याउने सरकारको तयारी, बजेट आउनु अगावै सरकारले राजिनामा दिनुपर्नेः पूर्व अर्थमन्त्री महत ।।

सरकारले आगामी आर्थिक वर्ष २०७४ को बजेट नयाँ कार्यक्रम समावेश नगरी ल्याउने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज पत्रकारहरुलाई यसको औपचारिक जानकारी गराउनुभएको हो । यसअघि चुनावलाई प्रभावित गर्ने गरी बजेटमा कुनै पनि नयाँ कार्यक्रम नल्याउने विषयमा प्रमुख तीन दलबीच भएको समझदारी अनुसार नयाँ कार्यक्रम ल्याउँदा राजनीतिक दलहरुसँग सम्बन्ध बिग्रन सक्ने सम्भावना भएकाले पुरानै कार्यक्रमलाई मात्रै निरन्तरता दिन लागेको अर्थमन्त्री महराले बताउनुभयो । तर बजेट भने आंशिक नभएर पूर्ण स्वरुपको नै हुने उहाँको भनाइ छ । अहिलेको बजेटले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिन लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेशको चुनावका लागि पनि रकम छुट्याइने उहाँको भनाई छ । केन्द्रको चुनावको विषय उनले उल्लेख गर्नुभएन । जेठ १५ भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार यो सरकारले अहिलेको बजेट सार्वजनिक गर्न लागेको महराले बताउनुभयो । 


तर उता पुर्व अर्थमन्त्री डा रामशरण महतले बजेट आउनु अगाबै सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ । आज राजधानीमा भएको कार्यक्रममा पुर्व अर्थमन्त्री महतले पहिलो चरणको निर्वाचन सकिएको र दोस्रो चरणको निर्वाचनको तयारी भैरहेकाले काम चलाउ सरकारले कुनै पनि नँया निति कार्यक्रम तथा नया नियुक्ति गर्न नपाइने बताउनुभयो । आचारसंहिता उल्ंघन हुने भएकाले सिमाभित्र रहेर भएका निति र कार्यक्रमहरुलाई निरन्तरता दिन सक्ने भन्दै विगतमा घोषणा भएका कार्यक्रमलाई कार्यन्वयनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाले विकास निर्माण र राष्ट्रिय महत्वका योजनालाई चाडो सम्पन्न गराउनेतर्फ बजेट उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । उहाले चुनावको पुर्वसन्ध्यामा सरकारले स्थानिय तहको संख्या थप्न नहुने बताउनुभयो ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको