अर्गानिक जोनमा तरकारी खोसाखोस

२६ मंसिर, किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बारीमै कुहिएका खबरहरु धेरै सुनेकै हो । तर रुपन्देहीको एक गाउँमा भने किसानले तरकारी टिप्न नपाउँदै ब्यापारीको मोलमोलाइ हुन्छ ।

बुटवलबाट ९ किलोमिटर पूर्व घोडाहा र त्यहाँबाट २ किलोमिटर उत्तर उकालो लागेपछि सरनबारी भन्ने ठाउँमा पुगिन्छ । रुपन्देही जिल्लाको देवदह नगरपालिका-१० मा पर्ने सरनबारी क्षेत्र अर्गानिक कृषि जोनको रुपमा विकास भैरहेको छ । सरनबारीमा करिब ५० हेक्टरमा अर्गानिक तरकारी खेती गरिएको कृषि विकास शाखा देवदहको तथ्यांक छ ।

यहाँका किसानले वर्षातको समयमा धान लगाए पनि हिउँदमा अर्गानिक तरकारी खेती गर्छन् । उनीहरुले फलाएको तरकारी किन्न ब्यापारीहरुको हानथाप नै चल्छ । बुटवलका ब्यापारीहरु दैनिक ३ वटा गाडी लिएर तरकारी खरिद गर्न सरनबारी पुग्छन् ।

व्यापारीहरुले बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको कारण किसानहरुलाई बजारको समस्या छैन । बजार खोज्दै हिँड्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि स्थानीय किसानहरु सन्तुष्ट देखिन्छन् ।

सरनकाली कृषि सहकारी संस्थासमेत गठन गरी स्थानीय कृषकहरुले रुपन्देहीमै नमूना अर्गानिक खेती गरिरहेका छन् । सहकारीमा ८४ घर परिवार आवद्ध छन् । ‘यहाँबाट दैनिक ५० क्विन्टल सिमी बुटवल जाने गरेको छ, दैलोबाट नै तरकारी उठाउँछन्, हामीलाई बजारीकरणको कुनै समस्या छैन,’ स्थानीय सरनकाली कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका किसान मानबहादुर गाहाले भने ।

१० वर्षदेखि अर्गानिक खेती

सरनबारीमा २०६५ सालदेखि नै पूर्णरुपमा अर्गानिक खेती भइरहेको किसानहरु बताउँछन् । स्थानीय ५१ वर्षीय बलबहादुर गाहाले रासायनिक विषादी र मल अहिलेसम्म प्रयोग नगरेको बताए । उनी भन्छन्, ‘अहिलेसम्म कुनै प्रकारको बिषादी बारीमा हाल्दैनौं, यहाँको माटो नै मलिलो छ ।’ असुरो, निम, बकाइनो जस्ता अर्गानिक विषादी प्रयोग गर्दै आए पनि त्यसलाई प्रयोग गर्नका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव रहेको उनी बताउँछन् ।

किसानहरुले आफ्नै पहलमा कुलो खनेर बारी-बारीमा सिंचाइ सुविधा पुर्‍याएका छन् ।

किसानहरुले सिमी, बोडी, तरुल, पिँडालु, गोभी, लसुन, प्याज, साग लगायतका तरकारी फलाउँछन् । किसानहरुले करिब १ करोड १६ लाख रुपैयाँको तरकारी बिक्री गर्ने गरेका छन् । यो ६ महिनाको अवधिमा मात्र हो ।

देवदह नगरपालिका-१० का किसान कुलबहादुर गाहाले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् । कुल २५ कठ्ठा क्षेत्रफलममध्ये १० कठ्ठामा उनले हिउँदे सिमी लगाएका छन् । अर्गानिक उत्पादन भएकाले व्यापारीहरुको माग धेरै रहेको बताए ।

ब्यापारी रामु बौडेल प्रायजसो अर्गानिक तरकारी खरिद गर्न गाडी नै लिएर सनरबारी पुग्छन् । उनले बारीबाट प्रतिकिलो ४० रुपैयाँमा सिमी खरिद गरेर बुटवल कृषि उपज केन्द्रमा बेच्न लैजाने गरेको बताए । प्रतिकिलो २० रुपैयाँ नाफा राखेर कृषि उपज केन्द्रमा बेच्ने गरेको उनी बताउँछन् । तर, उपभोक्ताहरु भने एक किलो सिमीलाई एक सय रुपैयाँमा किन्न बाध्य भइरहेको गुनासो गर्छन् ।

डडेल्धुराका मुख्य व्यापारिक केन्द्रमा स्थानिय स्तरमा उत्पादित आलुको माग उच्च ।।

डडेल्धुरा जिल्लामा पछिल्लो समयमा स्थानिय स्तरमा उत्पादित आलुको माग दिन प्रतिदिन बढदै गएको छ । रासायनिक मल र विषादिको प्रयोग नगरि शुद्ध अर्गानिक

बुधबार परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिमका किसानहरु हर्षित ।।

गर्मीयाममा परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रका कृषकहरु निकै हर्षित भएका छन । मकै छर्न र धानको बिँउ राख्नका लागि बैशाखको अन्तिम साता

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने ।।

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । बिगतका बर्षहरुमा यस सुदूरपश्चिम क्षेत्रमा मलको चरम अभाव हुने भएपनि

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले