सम्बन्ध विच्छेदले रुवायाे मन, आत्मनिर्भरताले बढायाे आत्मसम्मान

मंसिर २५, २०७५ मंगलबार ‘रुपले रुवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाई कटाई पेशा गर्दै आएकी  ३१ वर्षीया पबी गुरुङ्गको जीवनमा चरितार्थ भएको छ ।

जवानी फक्रिँदै गरेको बेला १६ वर्षकी छँदा २०६० सालमा गाउँकै सन्तबहादुर लामिछानेसँग पबीकाे विवाह भयो । २०६७ मा श्रीमानले छोडे तर उनलार्इ सिलाइकटाईको सीपले साथ दिएको छ । 

सन्तबहादुर पबीकाे गाउँकै इष्टमित्रका छोरा हुनुुहुन्थ्यो, पबीकाे पनि बिहे गर्ने मन भयाे, अनि दुवै पक्षका घरपरिवारको सहमतिमा पबी र सन्तबहादुरको विवाह भयो । विवाह भएको पछिल्लो वर्ष २०६१ सालमा पबीका बुवा पदम गुरुङ्गले खर्च ब्यहोरिदिएर सन्तबहादुरलार्इ सेनामा भर्ती गरिदिनुभयो । त्यही वर्ष छोरा सुमनको जन्म भयो ।

भर्ती भएको अर्को वर्ष सन्तबहादुरले बुटवलकी एक मगर थरकी युवतीलाई श्रीमतीका रुपमा भित्र्याए । श्रीमानले गल्ती गरिहाले पनि पबीले श्रीमानको जागिर जाने र थुनिने अवस्था नहोस् भनेर बहुविवाहको उजुरी गर्नुभएन ।

दोश्रो विवाहपछि पनि श्रीमानले छाेरा र आफूलाई रेखदेख गर्लान् भन्ने उहाँको आशा चाहिं आशामै मात्र सीमित भयो । 

रेखदेख गर्नुको सट्टा पटक पटक कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने क्रमसँगै पबीका श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव गरे। ‘श्रीमान छन् भन्नु मात्र किन पार्ने? न भौतिक उपस्थिति न त कुनै मानवीय सहयोग? यस्तो सम्बन्ध विच्छेद गरेकै ठिक’ भन्ने पबीलाई लाग्यो अनि उहाँ पनि यसमा राजी हुनुभयो । 

जसरी सहमतिमा विवाह भएको थियो, त्यसरी नै पबीले सन्तबहादुरको प्रस्तावमा सहमति जनाएर २०६७ मा अदालतबाट सम्बन्ध विच्छेद गर्नुभयो ।

जब सम्बन्ध विच्छेद भयो, त्यसपछि उहाँमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अठोट जाग्यो । 

सम्बन्ध विच्छेद गरेकै वर्ष २०६७ सालमा उहाँले स्थानीय शान्ति समितिले दैलेख सदरमुकाममा सञ्चालन गरेको तीन महिने सिलाइकटाई सम्बन्धी आधारभूत तालिम लिनुभयो ।

तालिमबाट फर्किएपछि केही समय गाउँमै अभ्यासपछि अहिले नौमूले बजारमा गर्दै आएको सिलाइकटाइ पेशामा पबीले राम्रो सिलाइ व्यवसायीको रुपमा परिचय बनाउनुभएको छ । 

पबीलाई श्रीमानले सौता ल्याएपछि अर्को ठूलो बज्रपात बन्यो ।

एक मनले बहुविवाहको मुद्दा लगाएर सन्तबहादुरको जागिर फाल्ने र कैद गराउने इच्छा जाग्थ्यो, फेरि अर्को मनले उसले जति नै पाप गरे पनि आफूले ‘त्यति ठूलो क्षति गराइदिनुहुन्न’ भनेर संयम राख्नुभयो पबीले।

त्यसैले उहाँले बहुविवाहको मुद्दा हाल्नुभएन, सम्बन्ध विच्छेदको सहज अवतरण बाटो खुलाइदिनुभयो । 

द्वन्द्वपीडित परिवारलाई दिइने सहयोग अन्तरगत २०६७ सालमा उहाँले सिलाइकटाइसम्बन्धी तालिमको अवसर पाउनुभएको हो ।

पबी गुरुङ्ग द्वन्द्व पीडित र घरेलु हिंसासमेत दुईवटा पीडा भएका कारण उहाँमा ‘केही गर्नुपर्छ’ भन्ने दृढता थियो । तालिमको बेला पनि मेहनत गर्नुभयो र त्यहि मेहनतले अहिले सफल व्यवसायी बन्नुभयो । 

घरेलु तथा साना उद्योग विकास शाखा कार्यालय दैलेखका अनुसार सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाइकटाइ तालिम मात्र बर्षेनि एक सय भन्दा बढी जनाले लिन्छन् । जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरु अझ त हिंसा पीडित महिलाले मात्र तालिमपछि व्यवसाय गरेको वरिष्ठ उद्योग अधिकृत पर्शुराम आचार्यले बताउनुभयो । 

एउटा आत्मनिर्भर व्यवसायका लागि सीप सिक्न सिलाइकटाइ तालिम अवधिमा गरेको मेहनतले पबी उत्कृष्ट प्रशिक्षार्थी हुनुहुन्थ्यो भने अहिले सक्षम व्यवसायी । यो लगनशीलताले सीपमा आएको निखारता, अहिले स्थानीय तहमा बढ्दै गरेको जनघनत्व चाहिं उहाँको कमाईको राम्रो श्रोत बनेको छ । 

सिलाइकटाई व्यवसायले पबीले अहिले १४ वर्ष पुगेको छोरालाई सुर्खेतमा पढाउन राख्नुभएको छ,  उहाँलाई लाउन खान पुगेको छ अनि धेरथोर घरमा बुबाआमालाई सघाउन पाएकोमा पबीलाई गौरव पनि लागेको छ । 

उहाँले भन्नुभयो ‘मैले सिलाइकटाइ पेशाबाहेक अरु केही पेशा व्यवसाय गरेको भए यति सन्तुष्टी पाउन सक्ने थिइनँ होला ।’ 

छोरीले आफैले रोजीरोटी सुरु गरेकोमा आफूलाई सन्तुष्टी लागेको पबीका बुवा पदमबहादुर गुरुङ्गले बताउनुभयो । उहाँ महिलाका लुगाकपडासिलाउनमा निपूण भए पनि विद्यालय पोशाकको काम आइरहन्छ, अचेल उहाँलाई कामको चापाचाप छ । 

पबीले व्यवसायलाई थप प्रवर्द्धन गर्न घरेलु तथा साना उद्योग विकास समिति, स्थानीय तह र आन्तरिक राजस्व कार्यालयमा औपचारिक दर्ता गराउनुभएको छ । 

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली