भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको प्रारम्भिक नतिजाबाट भाजपालाई धक्का

काठमाडौं, मंसिर २५ । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना जारी छ । प्रारम्भिक नतिजाले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछाडि परेको देखाएको छ ।

राजस्थान र छत्तीसगढ राज्यमा मुख्य विपक्षी कांग्रेस आइले अग्रता लिएको छ । मध्य प्रदेशमा भाजपा र कांग्रेसको कडा टक्कर रहेको छ ।

यी राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई पछि पार्दै विपक्षी राहुल गान्धीको कांग्रेस पार्टी सत्तामा जाने सम्भावना बढेको छ । यी राज्यमा अहिले भारतीय जनता पार्टीको सरकार छ ।

तेलंगानामा तेलंगना राष्ट्रिय समिति (टीआरएस)ले अग्रता लिएको छ भने कांग्रेसले कडा टक्कर दिइरहेको छ । मिजोरममा एमएनएफ अघि रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ । विधानसभा चुनावलाई प्रधानमन्त्री मोदीकोे लोकप्रियताको परीक्षाकारुपमासमेत हेरिएको छ । भारतमा सन् २०१९ को सुरुमा आमचुनाव हुँदैछ । 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा