नेकपा प्रदेश कमिटीमा बैतडीबाट १९ जना

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ । बैतडी जिल्लाबाट नेकपा सुदूरपश्चिम प्रदेश कमिटीमा १९ जना परेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली सोमबार सार्वजनिक गरेकोमा जिल्लाबाट साविक एमालेबाट नौ, साविक माओवादी केन्द्रबाट आठ जना र राप्रपाबाट नेकपा प्रवेश गरेका दुईजनाको नाम परेको छ ।


सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज भीम रावल, अध्यक्षमा कर्ण थापा, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी छन् । सुदूरपश्चिममा तत्कालीन एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना रहने गरी १८३ सदस्यीय प्रदेश कमिटी बनाइएको छ ।  
सातवटा प्रदेशमा कुल १३९० जना नेताहरूले प्रदेश कमिटीको जिम्मेवारी पाएका छन् । यीमध्ये ७३९ जना पूर्वएमालेबाट परेका छन् भने ६४८ जना पूर्वमाओवादीबाट प्रदेश कमिटीमा परेका छन् । पार्टी एकता घोषणा भएको करिब पाँच महिनापछि नेकपाले प्रदेश कमिटीहरूको टुंगो लगाएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भएको थियो । 


यसैबीच बैतडीमा तत्कालीन नेकपा(एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । 


६ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा  तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाँउपालिकामा तत्कालीन एमालेको नेतृत्व रहनेछ । यस्तै दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउपालिका र पञ्चेश्वर गाँउपालिकामा तत्कालीन माओवादीले नेतृत्व लिने भएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा