विश्व एड्स दिवसः नेपालमा झन्डै ३१ हजार ब्यक्तिमा एचआईभी संक्रमण

‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ ३१ औं विश्व एड्स दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआईभी संक्रमण रहेको अनुमान छ । नेपालमा १९ हजार पुरुष र १२ हजार महिलामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ ।

तीमध्ये १६ हजार ४ सय २८ जना उपचारमा रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । सरकारले सन् २०२० सम्ममा ९० प्रतिशत व्यक्तिलाई उपचारको दायरामा ल्याउने र शरीरमा भाइरसको भार न्यून बनाउने उद्देश्य लिएको केन्द्रले जनाएको छ ।

विश्वव्यापी रुपमा हेर्ने हो भने विगत सात वर्षको अबधिमा यसको संक्रमण १६ प्रतिशतले घटेको छ । नेपालमा भने ६१ प्रतिशतले घटेको र ६३ प्रतिशत बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको केन्द्रको तथ्यांक छ ।

असुरक्षित यौन सम्र्पक गर्ने, सुईको प्रयोग गरी लागूऔषध सेवन गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेका छन् । लामो समयसम्म ज्वरो आउने, खोकी लाग्नु, बारम्बार झाडापखाला लाग्ने, क्षयरोग जस्ता लक्षणहरु देखापर्छ । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा