रडुवा बस दुर्घटनाबाट प्रभावित केही परिवारलाई विराट फेन्सी डडेल्धुराद्धारा राहत रकम प्रदान

 

डडेल्धुरा जिल्ला सदरमुकामस्थित विराट फेन्सी स्टोरले रडुवा खोला बस दुर्घटनाका ४ जना मृतक र गम्भिर घाइते १ बालकका आफन्तहरुलाई राहत रकम सहयोग गरेको छ । गत मंसिर ६ गते साँझ डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा भएको स्कूल बस दुर्घटनामा परी ज्यान गुमाएका नवदुर्गा गाँउपालिकाका ४ जना मृतक र गम्भिर घाइते डोटीका १ बालकका आफन्तहरुलाई राहत स्वरुप जनही ५–५ हजारका दरले २५ हजार नगद रकम सहयोग गरेको हो ।

दुर्घटनामा ज्यान गुमाएका नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, १७ वर्षीय तीलक खाती, ३० वर्षीय टेक धामी र सोही गाउँपालिका–४ की १८ बर्षिया माँया रावलका आफन्तलाई जनही ५–५ हजारका दरले नगद रकम सहयोग गरेको हो । यस्तै गम्भीर घाइते भएका दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विकलाई समेत ५ हजार रुपैँया सहयोग गरेको फेन्सी स्टोरका सञ्चालक वीर बहादुर सेठीले जानकारी दिनु भयो । राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारार्थ विक बिहिबार डिस्चार्ज भइसकेका छन ।
फेन्सी सञ्चालक सेठीद्धारा सहयोग गरिएको सो रकम नवदुर्गा गाँउपालिका–१ का वडाध्यक्ष भीम बहादुर बोहरा, नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष मान बहादुर साँउर र उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेम राज पनेरुलाई हस्तान्तरण गरिएको छ । साथै रकम हस्तान्तरण कार्यक्रममा सहभागी व्यक्तिहरुले मृतकका आफन्तहरुप्रति समवेदना प्रकट र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा