दुर्घटनाका घाइतेलाई सधैंको पीडा

डीआर पन्तमोहन शाही

डडेलधुरा/डोटी — दुर्घटना भएको २३ वर्ष बितिसक्दा पनि आलीतालका धनीराम पीडावाट उम्कन सकेका छैनन् । कुनैकुनै दिन आफैं चिच्याउन थाल्छन्, छट्पटिन्छन् र बेहोस हुन्छन् । राति निद्रामा पनि उनी दुर्घटनाको दिन घाइतेझैं चिच्याउन थाल्छन् ।

सडक दुर्घटनामा घाइते डोटीका पत्रकार विमल बिष्ट । तस्बिर : कान्तिपुर

डडेलधुराको गोगनपानीमा भएको बस दुर्घटनामा उनले आफ्नै गाउँका ११ जना गुमाए । आफू भने सधैंका लागि अपांग भए । दुर्घटनाका घाइतेहरूले न उपचार पाउँछन्, न त क्षतिपूर्ति । उनीहरूको जीवन पीडामै बित्छ ।
 

२०५३ मा ३२ जनाको ज्यान जानेगरी डडेलधुराको गोगनपानीमा भएको बस दुर्घटनाका घाइते तुलाराम बोहराको २३ वर्ष बितिसक्दा पनि उपचार पूरा हुन सकेको छैन । आफूसँगै डडेलधुराको आलीतालबाट बसमा चढेका दर्जनभन्दा बढीले आफ्नै आँखा अगाडि ज्यान गुमाएको स्मरणले उनी बारम्बार झस्कन्छन् । नेकपाका नेतासमेत रहेका बोहराले नेपाल र भारतका थुपै्र अस्पतालमा उपचार गरे पनि जीवनभरि अपांग जीवन बाँच्न बाध्यहुनुपरेको छ ।
५ वर्षअघि भीमदत्त राजमार्गको रुपसकाँडामा ३१ जना गुमाएको दुर्घटनामा परेका डोटी बोगटानका ४३ वर्षीय धनबहादुर कुँवरले हरेक हप्ता अस्पताल धाउनुपर्छ । वृद्ध आमाबुबा र नाबालक छोराछोरीका एक मात्र अभिभावक कुँवरको स्याहारसुसार अहिले वृद्ध आमाबाबुले गरिरहेका छन् । ‘कुनै दिन रातभरि चिच्याएर हैरान पार्छ,’ धनबहादुरका बुवाबहादुर सिंह कँुवरले भने, ‘एक्लै भयो भने टोलाइरहन्छ, बुढेसकालमा छोराले सेवा गर्ला भनेको तआफैंले उसको सेवा गर्नुपर्ने भएको छ ।’ दुर्घटना भएको बेला अलिअलि सहानुभूति दिए पनि पछि कसैले पनि सोधखोज नै नगरेको उनलेगुनासो गरे ।
२९ जनाको ज्यान गरी डोटीको जोरायलमा ०७१ मा भएको दुर्घटनामा अपांग भएकी कृष्णा शाही र कल्पना बिष्टले अझै उपचार पाएका छैनन् । कृष्णा पूर्ण अपांग छिन् । उनको कम्मरमुनि चल्दैन । कमजोर शारीरिक र आर्थिक अवस्थाका कारण अहिले कष्टकर जीवन बिताइरहेकी छन् । उनका भतिजा प्रकाश शाहीले उपचार खर्चसमेत नपाएको गुनासो गरे । कल्पना बिष्टको झनै नाजुक अवस्था छ । दुर्घटनामा उनले श्रीमान् लक्ष्मण र १६ महिनाकी छोरी सन्ध्या ठकुराठीलाईगुमाएकी थिइन् ।
‘सुदूरपश्चिम यातायातले पनि उपचार गर्दा गर्दै अब सक्दैनौं भनेर अलपत्र छाड्यो,’ उनले भनिन्, ‘परिवारबाट पनि साथ पाइनँ, जीवन अन्धकार भयो ।’ उनको पनि कम्मरमुनिको भाग चल्दैन । अहिले उनी काभ्रेस्थित स्पाइनल इन्जुनियरिङ पुन:स्थापना केन्द्रमा छिन् । आफूसँग भएको पैसा उपचारका लागि सकिएको उनले बताइन् । सरकारबाट क्षतिपूर्ति र राहत नपाउँदा खिन्न भएको उनी बताउँछिन् । जोरायल बेलटुक्रा गाउँकी महामती भण्डारीले श्रीमान् कृष्ण, छोरा भूमिलाई गुमाइन् । यति मात्र होइन, अर्का छोरा खगराजको सोही दुर्घटनामा खुट्टाको पैताला काटिएको छ । श्रीमान् र छोरा गुमाएकी महामतीलाई अर्का घाइते छोरा खगराजको उपचार गर्ने तनावले सताएको छ । दुर्घटना सम्झिएर महामतीको मन अहिलेपनि आत्तिन्छ ।
दुई वर्षअघि बोगटान गाउँपालिकाको गगुडामा जिप खस्दा ८ जनाको मृत्यु भयो । ५ जना घाइते भए । पाँच जनामध्ये बलबहादुर र हर्कबहादुर घर्तीमगर गम्भीर घाइते भएका छन् । ५५ वर्षीय बलबहादुरले दृष्टि गुमाउन लागेका छन् । हर्कबहादुरको हातखुट्टा छैन । कमजोर पारिवारिक स्थिति भएकाले उनीहरूले घरबाट उपचार गर्न सकेनन् । सरोकारवाला यातायात समितिले न उपचार गरिदियो न त सरकारले नै जिम्मेवारी बेहोरेको छ ।
यी उदाहरणबाहेक सुदूरमा पछिल्लो दशकमा भएका ठूलाठूला बस दुर्घटनामा परी ज्यान गुमाउनेबाहेक ३ हजार बढी गम्भीर घाइतेका कथा एकनासै छन् । कसैले हात–खुट्टा दुवै गुमाएका छन् भने कसैले रिढको मुख्य हड्डी टुटेर अहिलेसम्म बाहिरभित्र गर्न पनि अरूको सहारा खोज्नुपर्ने स्थिति छ । दुर्घटनामा घाइते भएका मध्ये अधिकांशमा दुर्घटना भएको वर्षौं बितिसक्दा पनि मानसिक समस्यामारहेका छन् । ‘दुर्घटनामा घाइते भएर जीवनभरि पटकपटक मर्नुभन्दा एकै पटक मर्नु बेस,’ ६ वर्षअघि दार्चुलाबाट आउँदै गरेको बस दुर्घटनामा अपांग भएका बैतडी विशालपुरका धर्मसिंह नायकले भने, ‘मर्नेका आश्रितले सानो भए पनि राहत त पाउँछन्, तर अंगभंग हुनेका परिवारले जीवनभर पीडा भोग्नुपर्छ ।’ आफूहरूले बाँचे पनि मरे सरहको जीवन बाँच्नुपरेको उनीहरू बताउँछन् । ‘आफ्नो जीवन आफ्नाका लागि बोझ मात्र होइन परिवारका लागिसमेत जीवन भरी बोझ हुनुपरेको पीडा ठूला हँुदो रहेछ ।’
दुर्घटनामा परी ज्यान जानेको यकीन तथ्यांक राज्यका निकायसँग भए पनि अपांग र अंगभंग भएका घाइतेहरूका विषयमा भने राज्यले कहिल्यै सोच्न सकेको छैन । राज्यका निकायसँग घाइतेका विषयमा तथ्यांकसमेत पाइँदैन ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक केदार रजौरेले भने ‘केही वर्षयताको घाइतेको तथ्यांक त होला तर यसको फलोअप भएको देखिंदैन ।’ उपचार पाउँदासम्म प्रहरीको निगरानी र रेकर्डमा हुने गरे पनि पछि घाइतेका विषयमा सोधखोज नै हुन सकेको देखिंदैन । एसपी रजौरेले भने, ‘यातायात समितिले खर्च बेर्होनेबाहेक राज्यका निकायबाट कुनै क्षतिपूर्तिको कानुनी व्यवस्था नै देखिंदैन ।’ पछिल्लो समय आएको मुलुकीसंहितामा कुनै कानुनी व्यवस्था भएको जानकारी नभएको उनी बताउँछन् । उनले भने ‘तर विस्थापित मुलुकी ऐनमा भने घाइते र अंगभंग भएकाहरूको क्षतिपूर्तिको कुनै व्यवस्था देखिंदैन ।’
‘अधिकांश घाइतेहरूले दुर्दशापूर्ण जीवन बाँच्न बाध्य हुनुपरेको छ,’ डडेलधुरा बारका अध्यक्ष अधिवक्ता विष्णु भट्ट भन्छन्, ‘दुर्घटना भएको गाडी र चालक प्रहरीबाट न उम्कँदासम्म घाइतेको उपचार भएको देखिन्छ, त्यसपछि जीवनभरि उनीहरूले नारकीय जीवन बाँच्न बाध्य हुनुबाहेक अरू विकल्प केही पनि छैन ।’ राज्य र यातयात समिति कसैले पनि क्षतिपूर्तिको व्यवस्था नगरेको उनले बताए । भट्टले भने ‘दुर्घटनामा अपांग भएकाहरूले जीवनभरि नारकीय जीवन भोग्न बाध्य हुनुपरेको छ ।’

महाकाली यातायात डडेलधुराका प्रमुख वीर देउवा पनि घाइते र अंगभंग भएकाहरूको तथ्यांक कसैसँग नभएको बताउँछन् । उनले भने, ‘यातायात समितिहरूले उपचार गरेका घाइतेहरूको केही तथ्यांक पाउन सके पनि यकीन तथ्यांक कसैसँग पनि छैन ।’ समितिले पनि आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्न सक्दैन उनले भने, ‘जति हुनुपर्ने हो त्यो हुन नसकेको यथार्थ हो ।’ राज्यले घाइते र अंगभंग भएकाहरूका विषयमा स्पष्ट कानुनी व्यवस्था नै गर्न सकेको छैन, जसले गर्दा घाइते र अपांगले दुर्घटना सम्झेर जीवनभर दु:खपाउनुको विकल्प छैन ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा