जोखिममा सुदूर पहाडका सञ्चारकर्मी

डीआर पन्त
डडेलधुरा — कोल्टीको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजु खड्का बेपत्ता भएको दुई महिना पुग्यो । जीवित छन् वा छैनन्, अहिलेसम्म पत्तो लाग्न सकेको छैन् । रिर्पोर्टिङका लागि हिमाली भेगमा रहेको बुढीनन्दा मन्दिरमा लाग्ने मेलामा गएका खड्का बाटोबाट बेपत्ता भएका थिए । 

समाचार लेखेकै कारण सुदूरपश्चिमका पत्रकार असुरक्षित महसुस गरिरहेका छन्। ‘समाचार लेखेकै कारण जनप्रतिनिधिले भौतिक कार्वाही गर्ने धम्की दिने गरेका छन्,’ पत्रकार महासंघ डडेलधुराका अध्यक्ष मानबहादुर साउँदले भने, ‘यस्ता घटना पटकपटक दोहरिने गर्छन्।’ स्थानीय सरकार बनेपछि बढेको आर्थिक भ्रष्टाचारकाबारेमा समाचार लेख्ने पत्रकारलाई जनप्रतिनिधिले मात्र होइन, राजनीतिक दलका नेताहरुले पनि समस्यामा पार्ने गरेको साउँदले बताए।
Yamaha


समाचार लेखेकै कारण दर्जनौं पत्रकारले ६ महिनायता सुदूर पहाडमा कुनै न कुनै रुपमा यातना भोग्नु परेको उनले गुनासो गरे। प्रकाशित समाचारका बिषयलाई लिएर सम्वद्ध पक्षले कानुनी उपचार नखोजी सिधै पत्रकारमाथि जाइलाग्ने प्रवृत्ति बढ्दै गएको उनको भनाई छ।

‘संचारकर्मीहरुका लागि अहिलेको अवस्था द्वन्दकालभन्दा फरक छैन,’ डोटी पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बलायरले भने। स्थानीय सरकारको विकृतिका बिषयमा कलम चलाउने पत्रकार र संचारमाध्यममाथि आर्थिक नाकाबन्दी नै लगाउने गरिएको उनले गुनासो गरे। ‘संचारकर्मीलाई लोकतन्त्र र प्रेस स्वतन्त्रताको अनुभूति नै हुन सकेको छैन,’ बलायरको गुनासो छ।

दुर्गम बझाङको अवस्था पनि डडेलधुरा र डोटीभन्दा फरक छैन। पत्रकार महासंघ बझाङका अध्यक्ष जगदीश रोकाया पनि दुर्गम जिल्लाहरुमा स्वतन्त्र प्रेसको अस्तित्व नै स्वीकार नगर्ने प्रबृत्ति बढेको गुनासो गर्छन्। उनले भने, ‘संचारकर्मीमाथि दुर्व्यवहार, भौतिक तथा मानसिक यातना सामान्य जस्तै भएको छ,।’ दिनहुँजसो संचारकर्मीले कार्यक्षेत्रमा यस्ता घटनाको सामना गर्दै संचारकर्म गर्नुपर्ने बाध्यता छ।

डडेलधुरामा फ्रिडम फोरमले आयोजना गरेको ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ बिषयक क्षेत्रीय कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न पहाडी जिल्लावाट प्रतिनिधित्व गर्ने संचारकर्मीले गुनासो गरेका यी केही उदाहरण मात्र हुन्। ‘दुर्व्यवहार, धम्की र डर त्रास हुने घटना सार्वजनिक गर्न पनि छोडिसकेका छौं,’ प्रेस युनियन दार्चुलाका अध्यक्ष मनोज बडूले भने ‘राज्यका निकाय बोल्दैनन् संचारसँग सम्वद्ध संघ संगठनहरु बिज्ञप्ती निकालेर धर्म निर्वाह गरेको सम्झने गर्छन्।’
सञ्चारकर्मीमाथि हुने यस्ता घटनालाई सार्वजनिक गर्नुको औचित्य समाप्त भएको सम्झेर घटना सार्वजनिक गर्न छोडेको उनले बताए। ६ महिना यता सुदूरपश्चिम प्रदेशमा भएका प्रेस स्वतन्त्रता हननका कुनैपनि घटनामा राज्यले चासो राखेको देखिएको छैन्। पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजन मिन बमले बितेका ६ महिनायता प्रेस स्वतन्त्रता हननका दर्जन बढी घटना सार्वजनिक भएको जानकारी गराए। उनले भने, ‘सार्वजनिक नभएका यस्ता घटनाको संख्या दोब्बर बढी छ।’

निर्मला पन्तको हत्या र बलात्कारपछि भएको आन्दोलनका क्रममा संचारकर्मी माथि भएका दुर्व्यवहार होस् वा पहाडी जिल्लामा संचारकर्मीमाथि भएका त्रास र धम्कीका घटना हुन। कुनैपनि घटनामा राज्यका निकायको कुनैपनि भूमिका देखिएको छैन। मुलुकी संहिता लागु भएपछि सार्वजनिक स्थलमा वा अन्य कुनैपनि घटनामा संचारकर्मीले फोटो र भिडियो लिन नै कठिन भएको छ। प्रेस युनियन डडेलधुराका पूर्व अध्यक्ष टेकराज अवस्थीले गुनासो गरे, ‘सामाचारका लागि भिडियो खिच्न पनि प्रमुख जिल्ला अधिकारीबाट आदेश गराउनुपर्ने बाध्यता झेल्नु परेको छ।’

उक्त कार्यक्रममा डडेलधुरा बारका अध्यक्ष अधिवक्ता बिष्णु भट्टले पनि लोकतन्त्रमा प्रेस स्वतन्त्रता हननका घटनामा बृद्धि हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले भने, ‘स्वतन्त्र प्रेस लोकतन्त्रको आधार स्तम्भ हो भन्ने कुरा बिर्सदै जाँदा स्थिति नराम्रो बन्दै गएको छ।’ कार्यक्रममा दलका नेता, प्रमुख जिल्ला अधिकारी लगायतले पनि स्वतन्त्र प्रेस माथि भएका यस्ता घटना दुर्भाग्यपूर्ण भएको बताउँदै पत्रकारिता क्षेत्रले पनि मर्यादित रुपमा अगाडी बढ्न नसकेको टिप्पणी गरेका थिए।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा