डडेल्धुराको गन्यापधुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

शेर नेपाली,कार्तिक १४,डडेल्धुरा
डडेल्धुराको गन्यापधुरा गाँउपालिका–२ स्थित मैलोडाको मोडमा बुधबार बेलुकी जिप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । घटनामा परि चालक सहित अन्य ८ जना घाईते भएका छन । मुत्यु हुनेमा सोही गाँउपालिका–२ का ४३ बर्षीया कुमारी देउवा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइते हुनेहरुमा गाडीचालक ३५ बर्षिय देव वहादुर देउवा, ४७ बर्षिय कर्ण देउवा, ३३ बर्षिय लोकेन्द्र देउवा र ३० बर्षिय योगेन्द्र देउवा रहेका छन । यस्तै ११ बर्षिया मनिसा देउवा, ४० बर्षिया सरुदेवी देउवा र १४ बर्षिया विमला देउवा रहेका छन । गम्भिर घाइते सुवास देउवा ‘सिराज’लाई भने थप उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य घाइते सातै जनाको उप–क्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुराका लागि छुटेको म १ ज ३११ नम्बरको बोलेरो जिप बेलुकी सवा ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिनु भएको छ । दुर्घटना हुँदा गाडी सडकबाट १ सय मिटर तल खसेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय