भीरबाट लडेर दुई महिलाको मृत्यु

बझाङको तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका–१ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मङ्गलबार मृत्यु भएको छ । घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा