निर्मला हत्या प्रकरण : आसपासका सयौंको डिएनए परीक्षणको तयारी

कार्तिक १३ ।  निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौं व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको हो । मंगलबार डिएनए परीक्षणका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । निर्मला पन्त प्रकरणमा आधा दर्जन छानबिन समिति गठन भए ।

अनुसन्धानमा प्रहरीले गरेको कमजोरी पत्ता लगाउन ती समिति गठन भएका हुन् । तर, अभियुक्त पत्ता लगाउन भने अहिलेसम्म कुनै पनि विशेष समिति गठन भएको छैन । मुलुकी फौजदारी कार्यविधि संहित एने २०७४ को दफा १२ मा विशेष अनुसन्धान टोली गठन गर्न सक्ने प्रावधान छ ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय