डडेल्धुरा बहुमुखी क्याम्पसको समग्र विकासका लागि सरोकारवाला प्रतिवद्ध

कात्तिक १३ । 
डडेल्धुरा सदरमुकामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा भौतिक पुर्वाधार विकासका साथै शैक्षिक गुणस्तर अभिवृद्धी गर्न जिल्लास्थित सरोकारवालाहरुले योजनावद्ध प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
समुदायमा रहेका प्रमुख समस्या र सवालहरुको उजागर गर्ने उद्देश्यले सामुदायीक रेडियो अमरगढीले सोमबार क्याम्पस प्राङ्गणमा आयोजना गरेको ‘शैक्षिक विकासका लागि रेडियो वहस’ कार्यक्रममा सहभागी जिल्लास्थित सरोकारवालाहरुले भौगोलिक केन्द्रविन्दुका रुपमा रहेको डडेल्धुरा जिल्ला प्राकृतिक हिसाबले पनि पढनका लागि उपयुक्त वातावरण रहेकोले डडेल्धुरा बहुमुखी क्याम्पसको समग्र विकास मार्फत डडेल्धुरालाई सुदूरपश्चिम प्रदेशको शैक्षिक हवका रुपमा विकास गर्न सकिने सम्भावना रहेको औँल्याएका छन ।
जिल्लाको आर्थिक समृद्धीका लागि डडेल्धुरा बहुमुखी क्याम्पस र उपक्षेत्रीय अस्पताल डडेल्धुराको विकास अपरिहार्य रहेको कार्यक्रमका प्रमुख अतिथी संघीय संसदमा राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिकी सभापति निरा जैरुले बताईन । उनले क्याम्पसको सर्वाङ्गिण विकासका लागि आफ्नो पहल जारी रहेको र जिल्लाका सातओटै स्थानीय तहबाट पनि योजनावद्ध प्रयास गरिनुपर्ने उल्लेख गरेकी छन । उनले संघीय र प्रदेश सरकारसँगं समन्वय गरेर क्याम्पसको विकासका लागि ठोस योजना ल्याउन प्रतिवद्धता ब्यक्त गरिन् । 
कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले डडेल्धुरालाई शैक्षिक हवका रुपमा विकास गर्नसके उच्च शिक्षा अध्ययनका लागि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका विद्यार्थीहरुले अन्यत्र धाउनु नपर्ने बताए । डडेल्धुरा बहुमुखी क्याम्पसको विकासका लागि हाल देखिएका समस्याहरुलाई समाधान गर्दै एकतावद्ध रुपमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।  
कार्यक्रममा धारणा राख्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जिल्लाका सबै स्थानीय तहहरुसंग समन्वय गरेर डडेल्धुरा बहुमुखी क्याम्पस लगायत डडेल्धुराका साझा सवालहरुको सम्वोधनका लागि पहल गरिरहेको बताए । क्याम्पसको विकासका लागि अमरगढी नगरपालिकाले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । 
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले क्याम्पसको दिगो विकासमा जोड दिदै डडेल्धुरा जिल्लालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने भएकाले सकारात्मक सोचका साथ सामुहिक पहल आबश्यक भएको बताए । 
कार्यक्रममा धारणा राख्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मानबहादुर साँउदले राजनीतिक हस्तक्षेप र भागबण्डाका कारण क्याम्पस धरासायी बन्दै गएको जिकिर गरे । नेकपा नेता धनबहादुर साउँदले डडेल्धुरा बहुमुखी क्याम्पसका लागी आफ्नो पार्टीले प्रदेश सरकारसंग ५५ लाख बजेट माग गरेको बताएका छन । 
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाका पुर्व सभापति टेकराज अवस्थीले राजनीतिक हस्तक्षेप र ब्यक्तिगत स्वार्थबाट माथि उठन सकेमा मात्रै डडेल्धुरा बहुमुखी क्याम्पसको समग्र विकास हुने दाबी गरे । कार्यक्रममा अन्य वक्ताहरुले समेत शिक्षा क्षेत्रको विकासमा सबैले सामुहिक रुपमा योजनावद्ध पहल गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन । कार्यक्रममा क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले क्याम्पसको सम्भावना र चुनौतीका बारेमा प्रकाश पारेका थिए । 
पछिल्ला केहि बर्ष यता धरासायी बन्दै गएको सो क्याम्पसको अवस्थालाई सुधारोन्मुख तर्फ लैजान सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले रेडियोले सो कार्यक्रमको आयोजना गरेको हो । रेडियो अमरगढीले समुदायमा विद्यमान समस्या र सवालहरु उजागर गर्न अन्तरक्रियात्मक रेडियो कार्यक्रम नियमित रुपमा आयोजना गरि प्रशारण गर्ने गरेको छ । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा