बैतडीका १२ स्थानमा ट्राफिक जाँच

बैतडी, असोज २९ । दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ ।  चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागी १ दर्जन बढी जाँचस्थल स्थापना जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक, सीमानाका झुलाघाट, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग, पाटन—पञ्चेश्वर सडक खण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् ।

छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

यसैबिच बैतडी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रमा चाडपर्वको बेला चहलपहल बढी हुने भएकोले सीमानाका झुलाघाटमा चेकचाँजमा कडाई गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

सीमाक्षेत्रमा अपराधिक क्रियाकलाप तथा चहलपहल बढी भएको मौका छोपेर कुनै पनि अप्रिय घटना नहुँन भनेर नेपाल भित्रिने नागरिकलाई चेकजाँचमा कडाई गरेको जनाएको छ । यसका साथै प्रहरीले चाडपर्वलाई लक्षित गरेर बिषेश सुरक्षा योजना पनि लागु गरेको छ ।

दशै, तिहारको सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लामा ३४२ प्रहरी परिचालन गरेको छ । नागरिकले शान्त र सभ्य तरिकाले चार्डपर्व मनाउन पाउन भन्ने उदेश्यले प्रहरीले यो समयमा सोही संङख्यामा प्रहरी परिचालन गरेको हो ।

चाडपर्वको समयमा अप्रीय घट्ना धेरै हुन सक्ने भन्दै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार जिल्लामा ९ जनाको कमाण्ड पोष्ट बनाइएको छ ।

यस्तै पैदल गस्ती, राजमार्ग गस्ती, मोबाइल गस्ती, क्यूआरटी गस्ती पनि प्रहरीले गरिरहेको छ । जिल्लाको गोठालापानी र शाहीलेक बजारमा पीकेटहरु पनि प्रहरीले परिचालन गरेको छ । साधा पोशाकका प्रहरीहरु पनि जिल्लामा खटीएका छन् । जिल्लाका सम्पूर्ण प्रहरी चौकीका प्रहरीहरु पनि २ जना कार्यालयमा रहने गरि अन्य गस्तीमा खटीएका छन् ।

यस्तै झुलाघाट र कुस्मतघाटमा हेल्थ डेक्समा पनि प्रहरी खटीएको प्रहरी प्रमुख गिरीले बताए । जिल्लाको दुई ठाउँ गोठालापानी र खोड्पे बजारमा प्रहरीले दशै तिहारलाई मध्ययनजर गर्दै नागरिक सहायता कक्षको स्थापन पनि गरेको छ । जिल्लाको जनशक्त्तीले नपुगे पछि ईलाका प्रहरी कार्यालय पाटनमा प्रदेश कार्यालयबाट १० जना प्रहरी ल्याईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा