अछामको साँफेबगर बिमानस्थल १३ वर्षपछि नियमित सञ्चालनमा

अछाम, असोज २९ । १३ वर्षपछि अछामको साँफेबगर विमानस्थलमा आइतबार विमानले सफल उडान भरेको छ । नियमित उडान सुरु गर्ने उद्देश्यका साथ नेपाल वायु सेवा निगमको विमानले साँफेबगर बिमानस्थलमा उडान भरेको हो ।

हवाईजाहाज आएपछि स्थानीय निकै खुसी भएका छन् । साँफे–नेपालगञ्ज नियमित हवाईजाहाज उड्ने भएपछि स्थानीयमा उत्साह थपिएको उनको भनाइ छ । नेपाल वायु सेवा निगमको ‘९ एनएबिसी’ विमानख अब आइतबार र बुधबार यहाँबाट नेपालगञ्जका लागि सधै हवाई जाहाज चल्ने भएको छ ।

विमान र विमान चालकको बाजागाजा सहित सँफेबगरमा भव्य स्वागत गरिएको थियो भने साँफेबगरबाट नियमित उडान सुरु भएपछि अब यहाँका स्थानीयलाई आवतजातमा निकै सजिलो हुने भएको छ । परिक्षण उडान भएको साढे ४ महिनापछि आइतबारदेखि नियमित उडान सुरु भएको हो ।

२०५८ फागुन ४ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले सदरमुकाम मंगलसेनसँगै साँफेबगरमा आक्रमण गरेपछि विमानस्थलको रिपिटर टावर ध्वस्त हुँदा विमानस्थल बन्द भएको थियो । त्यसपछि २०६२ सालमा केहि समय बिमान स्थल सञ्चालनमा आएपनि पछि पुनः बन्द भएको थियो ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा