टुङ्गो लागेन एकीकरणको प्रक्रिया

जिम्मेवारी बाँडफाँटपछि उत्पन्न विवादका कारण दशैं अघि नै एकीकरणको सम्पूर्ण प्रक्रिया टुङ्ग्याउन नेपाल कम्युनिष्ट पार्टी नेकपा असफल भएको छ । तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाले ५ महिना हुन लाग्दा समेत तल्लो तहका कमिटी एकीकरण गर्न सकेको छैन । दुवै दलका कमिटि विघटन भएपनि एकीकरण प्रक्रिया टुंगिन नसक्दा स्थानीय नेताहरु तात्कालिन एमाले र माओवादी केन्द्रका नाममा कार्यक्रम गरिरहेका छन् । 
नेताहरुले स्थायी समिति बैठक बोलाएर विवाद समाधान गर्न माग गर्दै आएपनि बैठकको मिति तय हुन सकेको छैन । प्रदेश इन्चार्ज र सहइन्चार्ज, प्रदेश अध्यक्ष लगायत बाँडफाँटपछि उत्पन्न विवादका कारण सचिवालय बैठक समेत अन्योलमा छ । स्थायी समितिको एजेण्डा तय गर्न भन्दै बस्ने भनिएको सचिवालय बैठक फेरि कात्तिक ४ र ५ गतेका लागि सारिएको छ । स्थायी समिति बैठक कात्तिक दोस्रो साता बस्ने भनिएपनि मिति तय छैन । 
नेता अमिक शेरचनले विधि र पद्यतीको अभावमा पार्टी सञ्चालनमा समस्या देखिएको बताउदै गाउँ तहसम्मै छलफल गरेर मात्र एकीकरण प्रक्रिया टुङ्ग्याउनु पर्ने बताउनुभयो । शीर्ष तहबाट हुने निर्णयले स्थानीय नेताको माग सम्बोधन हुन नसक्ने उहाँको तर्क छ । प्रदेश पदाधिकारी छनोटमा अन्याय भएको भन्दै बरिष्ठ नेता नेपालले दर्ता गराउनुभएको असहमतिको पत्रमाथिको छलफलका कारण सचिवालयले तत्काल स्थायी समितिको एजेण्डा तय गर्ने सम्भावना समेत कम छ । यद्यपि नेताहरुले दशैं लगत्तै सम्पूर्ण विषयहरु टुंगो लगाउने दावी गर्न थालेका छन् । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री