प्रधानमन्त्री ओली दशैं मनाउन झापा जाने

प्रधानमन्त्री केपी शर्मा ओली दसैं मनाउन गृहजिल्ला झापा जाने भएका छन् ।

प्रधानमन्त्री आउने भएपछि झापाको सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ । सवारी चेकजाँचदेखि सीमा क्षेत्रमा हुने आवतजावत र ओसारपसारमा समेत कडाई गरिएको झापा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले झापाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताए ।

प्रधानमन्त्री ओली कात्तिक १ गते झापा जाँदै छन् । विगतका वर्षमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदनप्रदान गर्न उनी गृहजिल्ला जान लागेका हुन् ।

प्रधानमन्त्री ओली सोही दिन अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ । चाडपर्वको समयमा प्रहरी र भन्सारका कर्मचारीको चेक जाँचमा व्यस्तता बढ्ने र बिदामा बस्नाले जनशक्ति कम भएको मौका छोप्दै बिस्फोटक पदार्थ र हातहतियार भित्रन सक्ने भन्दै प्रदेश नम्बर १ को कुकुर शाखा धरानबाट तालिम प्राप्त कुकुर ल्याएर पनि झापाका मुख्य बजारमा चेकजाँच सुरु गरिएको एसपी ढकालले जानकारी दिए ।

सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती लोप हुँदै ।।

पछिल्लो समय सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती  लोप हुँदै  गइरहेको छ । युवापुस्ताको देउडाप्रतिको विर्कषण र देउडा स्रष्टालाई बजारमा टिक्न र

जिल्ला कृषी विकास कार्यालयबाट माछाका भूरा वितरण ।।

जिल्ला कृषी विकास कार्यालय कञ्चनपुरले कृषकलाई माछाका भूरा वितरण गररेको छ । कञ्चनपुरका विभिन्न स्थानमा मत्स्यपालन गरिरहेका कृषकलाई कृषी अनुदान

कब्जियतबाट जोगिने ८ घरेलु उपाय

कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् ।

किन गन्हाउँछ सास? यस्ता छन् कारण

       तपाईंले धेरै पटक भोग्नु भएको होला, छेउमा बस्ने वा बोल्नेको सास गन्हाएर दिक्क हनुपरेको। वा आफ्नै सास गन्हाएर अरुका अघि बस्दा, बोल्दा