प्रदेश ७ को स्थायी राजधानी र नामाकरण प्रतिवेदन सदनमा पेश हुन ढिलाइ

कैलाली । प्रदेश ७ को स्थायी राजधानी तोक्न र नामाकरणका लागि तयार भएको सुझावसहितको प्रतिवेदन सदनमा पेश हुन ढिलाइ भएको छ ।

सुझाव संकलनका लागि गठित पाँच सदस्यीय विशेष समितिले भदौ ५ गते नै सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाए पनि संसदमा अझैसम्म पेश हुन सकेको छैन । सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित विशेष समितिले सभामुखलाई प्रतिवेदन बुझाएको १७ दिन भइसकेको छ ।

उक्त प्रतिवेदन सभामुखको निजी सचिवालयमा रहेको प्रदेश नम्बर ७ संसद सचिवालयले जानकारी दिएको छ । प्रतिवेदन सचिवालयमा दर्ता भए पनि सदनमा पेश हुनेबारे सचिवालयलाई कुनै पनि जानकारी नरहेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।

अब प्रतिवेदन सदनमा आउनका लागि सभामुखको हातमा भएको बताउँदै सचिव शर्माले सचिवालयलाई हस्तान्तरण गर्नेबित्तिकै कार्यसूचीमा चढाउने प्रष्ट पारे । सभामुखकै अध्यक्षतामा बनेको कार्यव्यवस्था परामर्श समितिमा छलफल भएपछि प्रतिवेदन पेश हुन सक्ने जनाइएको छ ।

प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा राजनीतिक सहमतिका लागि आफ्नो प्रयास जारी रहेकाले प्रतिवेदन रोकेको सभामुख अर्जुनबहादुर थापाले बताए । राजनीतिक सहमतिको लागि आफ्नो प्रयास जारी रहेको बताउँदै उनले प्रयास सकारात्मक रहेकाले सहमति हुनेमा विश्वस्त रहेको जनाए । सभामुख थापाले राजनीतिक समहमति जुटाउने जिम्मा केही नेता र साथीहरुलाई जिम्मा दिएको बताए ।

सुझाव संकलनका लागि गठित विशेष समितिले पटक–पटक म्याद थपपछि मात्रै प्रदेशका विभिन्न सरोकारवालाबाट सुझाव लिएर सभामुखलाई प्रतिवेदन बुझाएको थियो । ढिलो गरी सभामुख समक्ष आएको प्रतिवेदन सदनमा पेश गर्न ढिलाइ गर्न नहुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ठहर छ । बहुमतको सत्ता भए पनि सरकारले जेसुकै कार्यमा ढिलाइ गरिरहेको आरोप प्रतिपक्ष दलका नेताले आरोप लगाएका छन् ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय