अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि कर्मचारीले पाएनन् तलब

कैलाली, भदौ २३ । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि अस्पताल कर्मचारीले चालू आर्थिक वर्ष सुरु भएपछिको तलव पाउन सकेका छैनन् ।

आर्थिक कारोबारका लागि नयाँ खाता संचालनमा ढिलाइ हुँदा कर्मचारीले तलव पाउन नसकेका हुन् । यसअघि जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा लिँदै आएको अस्पतालले प्रदेश नम्बर ७ कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा लिनुपर्ने भएपछि नयाँ खाता संचालनमा ढिलाइ भएको हो ।

सामाजिक विकास मन्त्रालयबाट खर्चको अख्तियारी पाउन नसकेकाले कर्मचारीलाई साउन महिनाको तलब दिन नसकिएको सेती अञ्चल अस्पतालका लेखा प्रमुख लोचन रेग्मीले बताए । यद्यपी विरामीको उपचार सेवा सुविधामा भने कुनै कमी आउन नदिइएको अस्पतालले जनाएको छ ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय