मोहनापुल-अत्तरिया सडक खण्डमा निर्माणको काम रोकियो

कैलाली, भदौ २३ । कैलालीस्थित मोहनापुल–अत्तरिया उत्तर–दक्षिण सडकअन्तर्गत निर्माणाधीन कल्भर्टहरुको काम अधुरो हुँदा आवतजावतमा समस्या देखिएको छ । निर्माणाधीन ११ वटा कल्भर्टमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भए पनि आयोजना कार्यालयले काम रोक्न लगाएपछि निर्माणको काममा थप ढिलाइ हुने भएको छ ।

मोहनापुल–अत्तरिया सडकअन्तर्गत कल्भर्टको काम पुरा नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । अहिलेसम्म ११ वटा कल्भर्ट निर्माण गरिनुपर्नेमा एउटा मात्रै पुरा भएको छ । काम पुरा नहुँदा आवतजावत गर्नेहरुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । त्यसमा पनि दैनिक आवतजावत गर्नुपर्नेहरुलाई बढी आपत् परेको छ ।

समयमा कल्भर्ट नबन्दा निर्माण भइरहेको छेउबाट मोटरसाइकल चलाउनुपर्दा जोखिम भएको स्थानीयको गुनासो छ । उता सडकको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा प्रालिका निर्देशक लक्ष्मण साउद भने कल्भर्र्टको एकातर्फको काम सकिएको र सडक आयोजनाले नै काम रोक्न भनेकोले ढिलाइ भएको बताए ।

धनगढी–मोहना ६ लेन सडक आयोजनाका सब ईन्जिनियर भुपेन्द्र बडालले आयोजनाका प्रमुख मनिष कुमार शाहले विभागबाट काम रोक्न परिपत्र आएकोले काम रोक्न भनेको स्वीकार गरे । धनगढी अत्तरिया ६ लेन सडक बन्न सुरु भएपछि आवतजावतमा सहज हुने भन्दै खुसि भएका स्थानीय अहिले भने निराश बनेका छन् । काम नहुँदा धेरैलाई असहज भएकोले यसतर्फ पनि अझ गम्भीर हुनैपर्छ ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय