'कोरला नाका सञ्चालन भए त्रिदेशीय व्यापारिक सम्बन्ध विकास'

मुस्ताङ, भदौ २३ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोरला नाका सञ्चालन भएमा नेपाल, भारत र चीनबीच त्रिदेशीय व्यापारिक सम्बन्ध विकास हुने बताएका छन् । शनिबार मुस्ताङ आएका उनले जोमसोम विमानस्थलमा स्थानीय पत्रकारसँग कुरा गर्दै छिमेकी देश चीनसँग सीमा जोडिएको उत्तरी कोरला नाका सञ्चालनमा आउन सकेमा चीन र नेपालको मात्र नभई त्रिदेशीय व्यापारिक सम्वन्ध विस्तारमा योगदान पुग्ने बताए । अध्यक्ष तिमिल्सिनाले यसका लागि कोरला नाकाको नियमित अनुगमन र पुर्वाधार विकास कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको बताए । कोरला नाकालाई लक्षित गरेर सुरु गरिएको निर्माणाधीन बेनी–जोमसोम र जोमसोेम–कोरला सडकलाई चाँडोभन्दा चाँडो स्तारोन्नति गर्न आफ्नो तर्फबाट प्रयास भईरहने उनले बताए ।अध्यक्ष तिमिल्सिनाले कोरलानाकामा भन्सार, अध्यागमन र सुख्खाबन्दरगाह जस्ता पूर्वाधार निर्माण गरी नाका सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले कोरला नाका सञ्चालनमा आउन सकेमा गण्डकी प्रदेशको मात्र नभई समग्र मुलुककै लागि दुरगामी प्रभाव पार्ने जनाए । मुक्तिनाथ गुरुयोजना कार्यान्वयनबारे सोधिएको प्रश्नमा अध्यक्ष तिमिल्सिनाले पर्यटन मन्त्रालयले तयार गरेको गुरुयोजनाले मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै धार्मिक पर्यटनमा श्रीबृद्धि हुने उल्लेख गरे । विगतमा योजनाहरु कम बन्ने गरेको र बनेका योजनाहरु पनि समयमा सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले यस्ता प्रबृत्तिहरुको अन्त्य हुनुपर्ने जिकिर गरे । उनले बिना योजना अघि सारिएका विकासे योजनाले समृद्धि हासिल गर्न कठिन हुने उल्लेख गर्दै गुरुयोजना खाकासहित काम गर्नुपर्नेमा जोड दिए । बेनी–जोमसोम सडक स्तरोन्नति वर्षायामपछि तीव्र तुल्याइने बताए । अध्यक्ष तिमिल्सिनाले शनिबारनै जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहाकार अशोक पौडेलले जानकारी दिए । पौडेलका अनुसार अध्यक्ष तिमिल्सिनाले आजै प्रशिद्ध धार्मिक तीर्थस्थल कागबेनी र मुक्तिनाथको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ । थासाङ गाउँपालिका २ कोवाङस्थित जनआदर्श अम्मरसिंह माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह उद्घाटन गर्न अध्यक्ष तिमिल्सिना मुस्ताङ आएको उनका प्रेस सल्लाहाकार पौडेलले जानकारी दिए ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री