मन्त्रिमण्डल हेरफेर हुँदैन : प्रधानमन्त्री

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर नहुने बताएका छन् । सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएकोको उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको पहिलो राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’
यसअघि सरकारका केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठेपछि मन्त्रीहरु हेरेफेर हुने चर्चा चलेको थियो । त्यहीबेला नेकपा अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा सरकारको गम्भीर समीक्षा हुने अभिव्यक्ति दिएका थिए । तर, प्रधानमन्त्री ओलीले तत्काल मन्त्री हेरफेर हुने भन्ने हल्ला सत्य नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरिरहेको बताए । तर आलोचना र हमलाबाट कोही डराउनु नपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन ।’प्रधानमन्त्री ओलीले भने, ‘छ महिनापछि धूलो र हिलोरहित काठमाडौं हुन्छ । दुई वर्षभित्र बाटा पक्की हुन्छन् । यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।’कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा लगायत सहभागी थिए ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री