डडेल्धुरामा आयोजित राष्ट्रिय गौरा महोत्सव तेस्रो दिन आजपनी जारी ।।

भावना पौडेल,भाद्र २२,डडेल्धुरा
सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा बुधवारदेखि डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव तेस्रो दिन आज पनि जारी छ ।
महोत्सवमा गौरानाच, फाग, धुमारी, बालोनाच लगायतका कार्यक्रमहरु गरी यस वर्षको गौरा मनाइँदै छ । २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा महिला र पुरुष देउडा प्रतियोगिताहरु पनि सञ्चालन भइरहेको छ ।
विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७५’ जिल्ला सदरमुकामको बसपार्कमा आयोजना गरेको हो । महोत्सवको बुधबार एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो । 
आफ्नो परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुलाई सहभागीता जनाउन पनि गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले आग्रह गरेका छन् । 
आफ्ना सन्ततीहरुको आयु लामो होस र दिर्घायु होस भनि धार्मिक परम्परा अनुसार परम्परादेखि नै गौरा पर्व मनाउदै छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा