पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अमेरिकामा बस्दै आएका कडेलद्वारा बझाङका दुर्गम भेगमा स्टेचर वितरण ।।


बझाङमा विरामी बोक्नका लागि स्टेचर नभएको समाचार सार्वजनिक भएपछि, नेपालको गुल्मी घर भई अमेरिकामा बस्दै आउनु भएका नेपाली गोविन कडेलले १० वटा स्टेचर दिनु भएको छ । बझाङका ग्रामीण बस्तीहरुमा स्टेचर अभावमा आधा बाटोसम्म डाक्टर आएर पनि सुत्केरीको ज्यान बचाएको खबरहरु सार्वजनिक भएका थिए । आज एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाले कडेलले पठाएका स्टेचरहरु वितरण गर्नुभयो । कडेलले उपलब्ध गराएका स्टेचरहरु बझाङ जिल्लाका सबै भन्दा दुर्गम ठाँउ काँडा गाँउपालीकाको धलौन, तल्कोट गाँउपालीकाको विकुल्ली र खराईलमा एक÷एक थान स्टेचर वितरण गरीएको छ । यस्तै जयपृथ्वी नगरपालीकाको सुईल मयानामा एक वटा, वडा प्रहरी कार्यलय चैनपुरलाई एक वटा, थलारा गाँउपालीकामा २ वटा, मष्टा गाँउपालीकाको धनातोलीमा एक वटा, कोटदेबलको दलीत बस्तिमा एक र कैलाशमा एक स्टेचर वितरण गरिएका छन । यस्तै जयपृथ्वी नगरपालीका ११ सुईलका सुर्जकला धामीले आफ्नो गाँउमा विरामी बोक्ने स्टेचर नै नभएका कारणले धेरै गर्भवती महिलाहरुले विच बाटोमा नै ज्यान गुमाउनु परेको र अब विरामी बोक्न सहिलो हुने बताउनुभयो ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा